माई : इलामको माई नगरपालिकामा कार्यरत वडा सचिवहरुलाई दुई दिने सामाजिक सुरक्षा तथा ब्याक्तिगत घटना दर्ता सम्बन्धि अभिमुखिकरण शुक्रबार सम्पन्न भएको छ । माई नगरपालिकाको आयोजना तथा पंञ्जिकरण सेवा इकाईको लागत साझेदारीमा अभिमुखिकरण सम्पन्न भएको हो । माई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनानाथ लम्सालले उद्घाटन गरेको कार्यक्रमको समापन प्रशासकियय अधिकृत नबिन कुमार पौड्यालले गरेका थिए ।
अभिमुखिकरण कार्यक्रमलाई सहजीकरण पंञ्जिकरण शाखाका प्रमुख एमआईएस अपरेटर निर्मल सञ्जेल, प्रशिक्षक एमआईएस अपरेटर होमनाथ अधिकारी (अर्जुन) तथा सहायक प्रशिक्षक फिल्ड सहायक सपना आचार्यले प्रदान गरेका थिए । सामाजिक सुरक्षा तथा ब्याक्तिगत घटना दर्ता कार्य लाई विद्युतिकरणको माध्यामबाट कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा तालिम सञ्चालन गरिएको थियो ।
तालिममा माई नगरपालिका भित्रका १० वडाका ९ जना वडा सचिवको सहभागिता रहेको थियो । तालिम समापनमा प्रशासकिय अधिकृत पौड्यालले अनलाईन सेवा सरल र सहज बनाउन नगरपालिकाका संयन्त्र मजबुत बनाईने र सबै वडाबाट नियमित अनलाईन सेवा प्रदान गरिने बताए । सहभागी वडा सचिबहरु हरि प्रसाद रिजाल, बन्दना लुईटेल, मोहन लिम्बु लगायतले कार्यक्रमको प्रभावकारितका बारेमा आ–आफ्नो बिचार राखेको थियो । माईका वडा वडामा अघिल्लो आर्थिक बर्ष देखि अनलाईन सेवा शुरु गरिएको छ ।