सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिकाले एक साता लकडाउन थप गरेको छ । गाउँपालिका क्षेत्रमा वडा सदस्य सहित ४ जना कोरोना संक्रमित पाइएपछि आगामी भदौ ४ गते राती १२ बजेसम्म लकडाउन थप गरेको हो । यसअघि गाउँपालिकाले साउन २२ गतेबाट एक साता गाउँपालिका सिल गरेको थियो ।
आज बसेको गाउँपालिका स्तरिय कोरोना भाइरस संकट व्यवस्थापन केन्द्रको आकस्मिक बैठकले पञ्चकन्या हाइड्रोसंग सम्बन्धित क्षेत्र वडा नं ४ को माबुको सम्पुर्ण क्षेत्र र वडा नं ३ सुलुबुङको आंशिक्षक क्षेत्र (साविक गाविसको वडा नं ३ र ७) लाई पुर्ण रुपमा सिल गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत महेश राईले जानकारी दिए । प्रभावित क्षेत्रमा आवतजावत निषेध गर्ने र संक्रमित व्यक्तिहरुसंग सम्र्पकमा आएका व्यक्तिहरुलाई ट्रेसिङ्ग गरि तुरुन्त पिसिआर टेस्ट गरिने भएको छ ।
सन्दकपुरमा वडा सदस्य सहित ४ जना कोरोना संक्रमित
गाउँपालिका क्षेत्रभित्र स्वास्थ्य सेवा, भेटनरी सेवा, बिरामी बोक्ने गाडी बाहेक शैक्षिक संस्था, यातायात आवागमन, टयुसन सेन्टर, हाटबजार, सरकारी तथा गैर सरकारी कार्यालय बन्द गरिने छ । तर सिल गरिएको क्षेत्र बाहेकका क्षेत्रमा अत्यावश्यक खाध्यान्न, दुग्द्यजन्य पदार्थ, सागसब्जी, फलफुल, निर्माण सामाग्री ढुवानी कार्यमा भने गाउँपालिकाको सम्बन्धित वडा कार्यालयले उपलव्ध गराएको पासका आधारमा संचालन गर्न पाइने भएको छ । सवारी संचालनका लागि चालक र सहचालक बाहेक अन्य यात्रु चढाउन नपाइने राईले बताए । वडा नं ४ बाहेकका अन्य कार्यालयहरु समन्वयका लागि खुल्ला गरिएपनि बाह्रय सेवा प्रदान हुने छैन् ।