Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

समुदायमा कोरोना : झापाको आम्दा मेची अस्पताल सिल

समुदायमा कोरोना : झापाको आम्दा मेची अस्पताल सिल

  • लोकल सन्देश
  • बिहिबार, साउन २९ २०७७


समुदायमा कोरोना : झापाको आम्दा मेची अस्पताल सिल

झापा । कार्यरत डाक्टरमा कोरोना पोजेटिभ भएपछि मेचीनगर–१० स्थित आम्दा मेची अस्पताल सिल गरिएको छ । अस्पतालको सवै सेवा बुधबारदेखि बन्द गरिएको नगरपालिकाले जनाएको छ । हाल ती चिकित्सकलाई व्यवस्थित रुपमा अस्पतालकै माथ्लो तलाको कोठामा आइसोलेसनमा राखिएको छ । नगरपालिकाले विगत १० दिन अघिदेखि आम्दा अस्पतालमा पुगेर उपचार गराउनेहरुको पहिचान गरी पीसीआर परीक्षणका लागि नमूना संकलन गर्ने भएको छ ।

मेचीनगरमा चिकित्सकलाई पहिलोपटक र समुदायमा दोस्रोपटक कोरोनाको संक्रमण फेला परेको हो । केहीदिन अघि मेचीनगर–१० धुलावारी बजारका १५ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना संक्रमण फैलिएको थियो ।नगरपालिकाका सामाजिक विकास समिति संयोजक नवीन वरालका अनुसार मेचीनगर –७ का एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

उनी नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन् । नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी विदामा घर आएका हुन् । ५ जनाको रिपोर्ट आउन बाँकी छ । यस अघि संक्रमित देखिएका मेचीनगर –१० का १५ वर्षीय किशोरका परिवारका २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बुधबार पुष्टि भएका ४ जना सहित मेचीनगरमा कोरोना संक्रमितको संख्या १ सय पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार