पशुपतिनगर । इलामको पशुपतिनगर स्थित सीमा सुरक्षा पोष्टमा कार्यरत शसस्त्र प्रहरी कार्मचारीमा गरिएको पिसिआर टेष्ट नेगेटिभ आएको छ । साउन १४ गते दुई जना शसस्त्र प्रहरी कर्मचारीमा गरिएको पिसिआर टेष्टको रिपोर्ट साउन २० मा पोजेटिभ आएको थियो । दुई जनामा कोरोना संक्रमणको पुष्टि भएपछि सीमा सुरक्षा पोष्टमा कार्यरत सबै शसस्त्र प्रहरी कर्मचारीको साउन २१ मा स्वाब संकलन गरिएको थियो । संकलित स्वाबको रिपोर्ट प्रयोगशालाबाट मंगलबार आएको थियो ।
स्वाब संकलन गरिएपछि शसस्त्र प्रहरीका कर्मचारी कार्यलय भित्रै क्वारेन्टाइनको व्यवस्था गरि बसेका थिए । कार्यालय बाहिर ननिस्कीकन बसेका शसस्त्र प्रहरी कर्मचारीको रिपोर्ट नेगेटिभ आएपछि सीमा क्षेत्रका नियमित गस्ति शुरु गरेको सीमा सुरक्षा पोष्ट प्रमुख नविन खतिवडाले बताए ।