Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

यामकलालाई सामुहिक काजक्रिया गर्न नदिएको घटनाको भत्सर्ना

यामकलालाई सामुहिक काजक्रिया गर्न नदिएको घटनाको भत्सर्ना

  • सन्देश सम्वाददाता
  • आइतबार, साउन २५ २०७७


यामकलालाई सामुहिक काजक्रिया गर्न नदिएको घटनाको भत्सर्ना

माई । सामुहिक रुपमा काजक्रिया गर्न नदिएको र बुबाको लास हेर्न माइती पुगेकी यामकला आर्चाय विकलाई आगनबाटै फर्काएको घटनाको भत्र्सना गरिएको छ । इलामका ५ वटा संस्थाले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै नेपाल छुवाछुत मुक्त घोषणा भइसकेको अवस्थामा भएको घटना मानव अधिकारको दृष्टिकोणले अमानविय र निन्दनीय ठहर गर्दै उत्पिडित जातिय अधिकार मञ्च, मानव अधिकार मञ्च नेपाल, गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ र नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषद इलामले विज्ञप्ती निकालेको हो ।

विज्ञप्तीमा भनिएको छ ‘ नेपालको संविधानको मौलिक हकले गरेको व्यवस्था तथा जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ मा भएको व्यवस्था बमोजिम दण्डनीय फौजदारी अपराध हो । यस प्रकारको कार्यको हामी घोर निन्दा र भत्र्सना गर्दै घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम हदैसम्मको कारबाहीको माग गर्दैछौ ।’

इलामको माई नगरपालिकामा दलितसँग बिहे गरेकी छोरीलाई सँगै बसेर बुबाको अन्तिम संस्कार गर्न दिइएन

समतामुलक समाज निर्माणको दिशामा अघि बढ्दै जातीय विभेद र छुवाछुत अन्त्यका लागि सवैको प्रतिवद्धता र व्यवहार आवश्यक रहेकाले सवैले आफु र आफनो परिवारबाट नै विभेद र छुवाछुतजन्य व्यवहार अन्त्य गर्न अपिल गरिएको छ । त्यसैगरी घटनाको बारेमा बुझन् दलित अधिकारकर्मीको टोली माई नगरपालिका गएको छ ।

शनिबार उत्पिडित जातिय अधिकार मञ्च इलामका अध्यक्ष नवराज शंकरको नेतृत्वमा गएको टोलीले केही दिन भित्र स्थलगत भ्रमण सार्वजनिक गर्ने बताएको छ । घटनालाई विभिन्न ढंगले आ–आफ्नै अनुकूलतामा व्याख्या गर्ने अनि तोडमोड गर्ने प्रवृत्ति पनि देखिएको शंकरले बताए । उनले अध्ययनको विस्तृत प्रतिवेदन हामी सबैमाझ ल्याउने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार