Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

शसस्त्रलाई कोरोना देखिएपछि आइतबारे बजार सिल

शसस्त्रलाई कोरोना देखिएपछि आइतबारे बजार सिल

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन २२ २०७७


शसस्त्रलाई कोरोना देखिएपछि आइतबारे बजार सिल

सूर्योदय नगरपालिका–११ आइतबारेका ३३ बर्षिय शसस्त्र प्रहरीमा कोरोनाको संक्रमण देखिएपछि बजार सिल गरिएको छ । कोभिड–१९ समुदाय स्तरमा फैलन नदिन नगर कार्यपालिकाको बैठकले आइतबारे बजारको चार किल्ला क्षेत्रलाई सिल गरेको हो ।

कोभिड–१९ को महामारीको प्रकोप न्युनिकरणको लागि आइतबारे बजारको दक्षिणपुर्व मेची राजमार्गको एपिएफ पोष्ट, दक्षिण पश्चिम मेची राजमार्गबाट आइतबारे बजार छिर्ने मुख, उत्तर आइतबारे पुरानो धारा, पुर्व उत्तर पूणे डाँडा पानी ट्याङकी क्षेत्र सिल गरिएको प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । आज बेलुका ५ बजेबाट अर्को सुचना जारी नभएसम्म सो क्षेत्र सिल हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार