Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

वीरबहादुर राई २७ दिनको लागि सचिव बन्दै

वीरबहादुर राई २७ दिनको लागि सचिव बन्दै

  • लोकल सन्देश
  • सोमबार, साउन १९ २०७७


वीरबहादुर राई २७ दिनको लागि सचिव बन्दै

इलाम । सरकारले सहसचिव वीर बहादुर राईलाई सचिव (विशिष्ट श्रेणी) मा बढुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सहसचिव राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा भएसंगै इलामको माईजोगमाई गाउँपालिका २ का बासिन्दा राई २७ दिन सचिव हुनेछन् । राई यही भदौ १५ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।

उनी हाल सिँहदरवारस्थित राष्ट्रिय योजना आयोगमा कार्यरत छन् । बढुवा सिफारिस समितिले केही दिनअघि वरिष्ठ सहसचिवहरू चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र राई गरी तीन जनाको नाम सचिवका लागि सिफारिस गरेको थियो ।राई सुचना विभागको महानिर्देशक समेत भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार