Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

रोङमा कुटिडाँडा र जोरकलश बन्द

रोङमा कुटिडाँडा र जोरकलश बन्द

  • गणेश अर्याल
  • सोमबार, साउन १९ २०७७


रोङमा कुटिडाँडा र जोरकलश बन्द

रोङ : इलामको रोङ गाउँपालिकाले कोरना भाइरस नियन्त्रणको लागि स्वास्थ्य सामाग्री खरिद गर्ने भएको छ । कार्यपालिकाको बैठकले भिटिएम किट माक्स, सेनिटाइजर लगायतको सामाग्री खरिद गर्ने निर्णय गरेको छ । त्यसैगरी रोङ ३ को कुटिडाँडा र रोङ ४ को जोरकलश बजार अर्को सुचना नभए सम्मको लागि बन्द गर्ने निर्णय भएको छ । कोराेना जोखिम बढेको कारण होटल तथा पसलहरु बन्द गरिएको बताइएको छ ।

त्यसैगरी गाउपालिकाका कर्मचारी र जनप्रतिनिधिहरु इलाम र झापा बाहेकका जिल्लामा नजाने तर जानै पर्ने भएमा गाउँपालिकामा जानकारी गराएर अनुमति लिएर मात्रै जाने गरीको निर्णय भएको सामाजिक बिकास समितिका संयोजक एव वडा नम्बर ५ का वडाअध्यक्ष युवराज खाप्तुवा राईले जानकारी दिए ।

‘प्रदेश सरकारको कानुन अनुसार बिरिङ र सिध्दी खोलाको आइइइ गर्ने निर्णय गरेको छ ’ वडाअध्यक्ष खाप्तुवा राईले भने— आइइइको लागि झापाको सिमाना बाट बिरिङ खोलामा छागे खोला दोभान सम्म र सिध्दि खोलामा तरुले पाखा सम्म गरिने भएको छ ।

कार्यपालिकाको बैठकले बर्खाको कारण अवरोध भएका गाउपालिका भित्रका सडकहरु वडाको सिफारिसको आधारमा तत्काल खुलाउने र मर्मत गर्ने समेत निर्णय भएको छ । त्यसैगरी मृगौला रोग बाट पीडित रोङ ६ का लोकबहादुर राईलाइ १० हजार रुपैया आर्थिक सहयोग गर्ने, स्वास्थ्य अनुगमन समितिमा महिला स्वास्थ्य स्वयसेवीका छनौट गर्ने लगायतको पनि निर्णय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार