Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सामाजिक संजालको तागत : फेरियो सूर्योदय १ को मक्किएको विद्युतको पोल

सामाजिक संजालको तागत : फेरियो सूर्योदय १ को मक्किएको विद्युतको पोल

  • सन्देश सम्बाददाता
  • सोमबार, साउन १९ २०७७


सामाजिक संजालको तागत :  फेरियो सूर्योदय १ को मक्किएको विद्युतको पोल

गोर्खे । सामाजिक संञ्जालमा अपलोड भएको टेको लगाएको विद्युतिय पोल विद्युत प्राधिकरण फेरेको छ । एक साता अघि पूर्व सचिव भिम उपाध्धयायले सामाजिक संजालमा अपलोड गरेको टेको लगाएको विद्युतिय पोल परिवर्तन भएको हो ।
पूर्व सचिव उपाध्धयाय ले एक साता अघि सूर्योदय नगरपालिका १ स्थित गोर्खेमा टेको लगाएको विद्युतिय पोलको फेसबुकमा सार्वजनीक गरेका थिए । सामाजिक संजालमा फोटो अपलोड भएपछि सुर्योदय नगरपालिकाले पनि त्यसलाई चासो पूर्वक लिएको थियो । काठका पोलहरु धेरै भएको इलाममा हावाहुरी , बर्षाको कारण भाचिने र मक्किने गरेका छन् ।
फेर्नुपर्ने विद्युतिय पोलहरु धेरै भएको र बजेट कम हुँदा काठका पोलहरु फेर्न समस्या हुने गरेको नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख पंकज गोइतले बताए । फेर्नुपर्ने पोलहरु धेरै भएकाले प्राथमिकताका आधारमा विद्युतिय पोलहरु नियमित फेर्दै जाने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार