Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

इलामको सशस्त्र प्रहरी गणका २७ जनामा कोरोना संक्रमण

इलामको सशस्त्र प्रहरी गणका २७ जनामा कोरोना संक्रमण

  • सन्देश सम्बाददाता
  • शनिबार, साउन १७ २०७७


इलामको सशस्त्र प्रहरी गणका २७ जनामा कोरोना संक्रमण

इलाम । इलामस्थित सशस्त्र प्रहरी गणमा कार्यरत थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण फैलिएसँगै गणलाई सिल गरिएको छ । यसअघि गणमा कार्यरत १० जनामा कोरोना पोजिटिभ देखिएको थियो । गणमा शुक्रबार ५ र साउन ११ गते ५ जनामा कोरोना पोजिटिभ देखिएको थियो । पोजिटिभ देखिएका सबै जनालाई गोठगाउँस्थित आइसोलेसनमा पठाइएको गणका प्रमुख सुधीरजंग थापाले जानकारी दिए ।

क्याम्पमा रहेका जवानदेखि प्रहरी नायब उपरीक्षकसम्मलाई कोरोना पोजिटिभ देखिएको थापाले बताए । गणलाई पूर्ण रुपमा सिल गरेर वाँकी ४३ जनाको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने तयारी भइरहेको छ । गणका प्रमुख थापाका अनुसार संक्रमित कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार