इलाम । ५ करोड बढी खर्च गरिएपनि मेचीराजमार्गको इलाम माइखोला सडक खण्ड भासिने क्रम रोकिएको छैन । भासिन क्रम नरोकिने र मर्मतका लागि राज्यको करोडौँ रुपैयाँ खर्च भएपछि सडकको रुट नै परिवर्तन गर्नुपर्ने माग हुन थालेको छन् । सडकलाई स्थायित्व दिनका लागि करोडौँ रुपैया खर्च गरिएपनि हरेक वर्षको वर्षातमा झै यो वर्षपनि मेचीराजमार्गको इलाम माईखोला खण्ड भासिन थालेको हो ।
राजमार्गको माईखोला खण्डमा भासिएको सडक बनाउन एङ्करिङ्ग गरिएपनि अझै रोकिन सकेको छैन । सडक भासिने क्रम रोक्न ३२ एमएमको २५ मिटर लामो रडको एङ्करिङ्ग गरिएको थियो । ५ करोड ९९ लाख खर्च गरि सडकको तीन खण्डमा एङ्करिङ्ग गरिएपनि सधा झै २ मिटर सडक भासिएको छ । सडक भासिएपछि सडक डिभिजन कार्यालय इलामले ग्राभेल लगाएर यातायात संचालनमा ल्याएको छ ।
२०७२ असार २० मा संझौता भइ २०७६ असारमा एङ्करिङ्ग गर्ने काम सकिएपनि यातायात अवरुद्ध हुनेगरि सडक भासिने गरेको यातायात व्यवसायी गृष्म सुब्बालले बताउनुभयो । सडक विभागले अध्ययन गरि एङ्करिङ्गको काम गरिएपनि भासिन नरोकिएपछि पुनः अध्ययन गर्न विभागलाई अनुरोध गरिएको सडक डिभिजन इलामका प्रमुख अभिमान मुल्मिले बताउनुभयो । पुरानो कामबाट सडक भासिने क्रम रोक्न सहयोग गरेको भएपनि समस्या अझै भएकाले विभागलाई थप अध्ययन गर्ने पत्र मार्फत अनुरोध गरिएको मुल्मिले जानकारी दिनुभयो ।
एङ्करिङ्ग सँगै हरेक वर्ष सडक डिभिजनबाट मर्मत भएपनि माईखोला गोलाखर्क खण्डको दर्जनौ स्थानमा दबिने गरेका छन् । भासिने क्रम नरोकिएपछि सरकारको हरेक वर्ष मर्मतका लागि धेरै खर्च हुने गरेको छ । २०५३ सालदेखि भासिन सुरु गरेको सडकको माइ खोला माथिल्लो खण्डको २ किलोमिटर क्षेत्र बढी क्षतिग्रस्त हुने गरेको हो । सडक क्षतिग्रस्त हुने गरेकाले यातायात व्यवसायीले राम्रो अध्ययन गरि मर्मत गर्न आग्रह गर्दै आएका छन् ।
भासिन