Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा १ लाख ३२ हजार भन्दा बढि बिरुवा वृक्षारोपण

इलाममा १ लाख ३२ हजार भन्दा बढि बिरुवा वृक्षारोपण

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन ५ २०७७


इलाममा १ लाख ३२ हजार भन्दा बढि बिरुवा वृक्षारोपण

इलाममा गत आर्थिक बर्षमा १ लाख ३२ हजार भन्दा बढि विरुवा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय, सन्दकपुर गाउँपालिका र सामुदायिक वनहरुको सहकार्यमा जिल्लामा १ लाख ३२ हजार ५ सय ५० विरुवा रोपिएको हुन् । डिभिजन वनको अग्रसरतामा ४१ हजार ८ सय र सन्दकपुर गाउँपालिकाको अग्रसरतामा ९० हजार ७५० विरुवा रोपिएको हुन् । डिभिजन बन कार्यालय इलामले गत आर्थिक बर्षमा जिल्लाका १० वटै स्थानीय तहमा ४१ हजार ८ सय विरुवा वृक्षारोपण गरेको छ ।

कार्यालयले गत आर्थिक बर्षमा सामुदायिक वन र कृषकहरुलाई मसला, टिक लगायत फलफुलका विरुवा प्रदान गरेको हो । देउमाई नगरपालिकाको ३ वटा सामुदायिक वन उपभोक्ता समितिलाई मात्रै ६ हजार ४ सय विरुवा वृक्षारोपण भएको छ । वडा नं १ र २ मा रहेको सौरानदेवी सामुदायिक वनको २ हेक्टर क्षेत्रफलमा उन्नत जातको लौठसल्ला १ हजार ६ सय र अन्य विभिन्न प्रजातीका १ हजार ६ सय विरुवा रोपिएको वन कार्यालयको तथ्यांकले देखाउँछ । त्यसैगरी वडा नं ६ को कपुरे सामुदायिक वनको १ हेक्टर र बाह्रविसे सामुदायिक वनमा १ हजार ६ सयका दरले विरुवा रोपिएको छ । इलाम नगरपालिका–९ को राजदुवाली महिला सामुदायिक वनमा ३ हजार २ सय विरुवा रोपिएका छन् ।

जिल्लाको सवैभन्दा बढि काठ उत्पादन हुने दक्षिणी क्षेत्र माई नगरपालिका–१० को गुनमुने घलेटार सामुदायिक वनमा २ हेक्टर क्षेत्रफलमा टिक प्रजातीको १ हजार ४ सय र वडा नं २ को कन्काई सामुदायिक वनमा टिक प्रजातीकै १ हजार ६ सय विरुवा १ हेक्टरमा रोपिएको सहायक वन अधिकृत याम रुम्बाले बताए ।  जिल्लाको उत्तरी क्षेत्र सन्दकपुरका १२ जना कृषकहरुको २.१८ हेक्टर क्षेत्रफलमा ३ हजार ४ सय उन्नत जातको लौठसल्ला रोपेका छन् । ३ बर्षअघिबाट जिल्लामा जडीबुटी विकास कार्यक्रम लागू भएपछि उत्तरी क्षेत्रका बासिन्दा लौठसल्ला खेतीमा लागेका हुन् ।

वन कार्यालयका प्राविधिक किसानकै घरदैलोमा पुगेर हावापानी र माटो सुहाउँदो जडीबुटी खेतीका लागि प्राविधिक सेवाका साथै विरुवा उपलब्ध गराउन थालेपछि सन्दकपुरका किसानहरुको आर्कषण लौठसल्लामा भएको हो । आर्थिक अवस्था कमजोर भएका किसान, सामुदायिक वन उपभोक्ता समिति, जडीबुटी प्रशोधन गर्ने उद्यमी र सहकारी संस्थालाई लक्षित गरी जडीबुटी विकास कार्यक्रम सञ्चालन गरिएको हो । क्यान्सरको औषधी टक्सिल बनाउन लौठसल्ला प्रयोग गरिर्दै आएको छ ।

 

डिभिजन वनले गत आर्थिक बर्षमा ९.३७ हेक्टर निजी जग्गामा १५ हजार विभिन्न प्रजातीका विरुवा वृक्षारोपण सहयोग गरेको छ । त्यसैगरी ३७.५ हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातीका १५ हजार फलफुलका विरुवा समेत रोपिएको छ । जसमा एभोकार्डो १ हजार १ सय, कागती ९ हजार ९ सय, आप र लिची २÷२ हजार रोपिएका हुन् ।

सन्दकपुर गाउँपालिका र सामुदायिक वन समूहले उत्पादन गरेको थप ९० हजार ७५० विरुवा समेत वृक्षारोपण गरिएको छ । गाउँपालिकाबाट ५५ हजार ७५० र समुहले उत्पादन गरेको ३५ हजार विरुवा रोपिएको हो । चोयाटार सामुदायिक वनमा १० हजार ५ सय विरुवा रोपिएको छ । जसमा गाउँपालिकाबाट ८ हजार र समूह आफैले उत्पादन गरेको २ हजार ५ सय, हिले सामुदायिक वनमा गाउँपालिकाको ९ हजार २५० र समूहको ७ हजार गरी १६ हजार २५० , सन्तपुर सामुदायि वनमा गाउँपालिकाको ९ हजार ५ सय र समूहको ७ हजार गरी १२ हजार ५ सय, धनेपा वनमा गाउँपालिकाको ९ हजार र उपभोक्ता समितिको ३ हजारी गरी १२ हजार, टप्पुजरुवा वनमा गाउँपालिकाको ७ हजार र २ हजार गरी ९ हजार ५ सय विरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

त्यसैगरी माघे सामुदायिक वनमा गाउँपालिकाको ७ हजार र समूहको १ हजार ५ सय गरी ८ हजार ५ सय, टोड्के छान्तालुङ सामुदायिक वनमा गाउँपालिकाको ५ हजार ५ सय र समूहको ३ हजार गरी ८ हजार ५ सय विरुवा रोपिएका छन् । डाफे मुनाल सामुदायिक वनमा समूहले उत्पादन गरेको ३ हजार, जरबुट्टे सामुदायिक वनमा ३ हजार ५ सय, पदसम्भव सामुदायिक वनमा ३ हजार र भेडीचोक सामुदायिक वनमा ३ हजार ५ सय विरुवा रोपिएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले जानकारी दिए ।

उत्तरी इलामको सन्दकपुर गाउँपालिकामा पर्ने खोला र नदीका मुहानको क्षेत्र खुल्ला सीमानाका कारण उजाड भएपछि पुनः हरियाली बनाउन सन्दकपुर गाउँपालिकाले वृक्षारोपणका लागि नेतृत्व गर्दै आएको छ । भारत सँग सीमाना जोडिएका उत्तरी इलामको सबै उजाड क्षेत्रलाई १० वर्षमा पुनः हरियालि बनाउने अभियान अघि बढाइएको गाउँपालिका अध्यक्ष उदयबहादुर राईले जानकारी दिए । वृक्षारोपणमा जिल्लाका सरकारी निकाय र अरबौँ लगानी गरि विद्युत उत्पादन गर्ने जलविद्युत आयोजनाहरुले साथ दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार