Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

आजबाट माईजोगमाईको सबै वडामा अनलाइन सेवा प्रवाह

आजबाट माईजोगमाईको सबै वडामा अनलाइन सेवा प्रवाह

  • रोशन काफ्ले
  • बिहिबार, साउन १ २०७७


आजबाट माईजोगमाईको सबै वडामा अनलाइन सेवा प्रवाह

नयाँबजार । स्थानीय सरकार गठन भएको ३ बर्षपछि इलामको माईजोगमाई गाउँपालिकाले सवै वडामा अनलाइन प्रणालीबाट पञ्जिकरण एवम कर संकलन सेवा प्रारम्भ गरेको छ । ६ महिना अघि ६ वटै वडामा इन्टरनेट सुविधा विस्तार भएपनि प्राविधिक समस्याका कारण सेवा प्रवाहमा कठिनाई भएको थियो । गाउँपालिकाले चालु आर्थिक बर्षबाट सेवा प्रवाह चुस्त दुरुस्त बनाउने निर्णयसँगै अनलाइनको माध्यमबाट कर संकलन तथा अन्य सेवा प्रवाह सुचारु गरिएको कम्प्युटर अपरेटर अशोक लिम्बुले जानकारी दिए ।

वडा नं ४ बाट सेवा सुचारु गरिएको छ । गाउँपालिकाको २ नं वडा कार्यालय बाहेक अन्यमा २ बर्ष अघि नै इन्टरनेट विस्तार भएको गाउँपालिका अध्यक्षका स्वकिय सचिव सञ्जिव थामीले जानकारी दिए ।  भारतसंग सिमा जोडिएको उत्तरी स्थानीय तहले असार २० र २१ गते वडा सचिव, कार्यालय सहयोगी एवम प्राविधिकहरुलाई अनलाइन पञ्जिकरण सम्बन्धी तालिमको आयोजना गरेको थियो ।

अब गाउँपालिकाले सफ्टवेयरको माध्यमबाट जनताहरुमा सेवा प्रवाह गर्ने छ । अनलाइन प्रणाली सुचारु भएसंगै सेवा प्रवाहमा सहजता हुने गाउँपालिका अध्यक्ष जीतबहादुर राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार