विगत केही दिनदेखिको बदलिदो मौसमको बदलिँदो परिवेशमा बाढी पहिरोको उच्च जोखिमबाट बच्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सूर्योदय नगरपालिकाले अपिल गरेको छ । ‘विगत केही दिनदेखि मनसुन बर्षा शुरु भई बर्षाले बाढी पहिरोमा परी धनजनको क्षति हुन गएकोमा समस्त पिडित परिवा प्रति समवेदना प्रकट गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।’ नगर अध्यक्ष सोनाम छिरिङ लामाद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा बाढी पहिरो र विश्वव्यापी रुपमा फैलदो कोभिड–१९ महामारीबाट बच्ने उपाय अपनाउँदै सुरक्षित रहन आहवान गरिएको छ ।