Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

१२० घरधुरीलाई लक्षित गरि प्याङमा विद्युत

१२० घरधुरीलाई लक्षित गरि प्याङमा विद्युत

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असार २६ २०७७


१२० घरधुरीलाई लक्षित गरि प्याङमा विद्युत

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिका–६ प्याङमा १२० घरधुरीलाई लक्षित गरेर विद्युत सेवा सुचारु गरिएको छ । नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्र र गाउँपालिकाको संयुक्त लगानीमा विस्तार गरिएको विद्युतको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले उद्धघाटन गरे ।

साविकको प्याङ गाविसको वडा नं १ र ६ का बासिन्दाहरु लक्षित हुने धुपीडाँडामा ट्रान्सफर्मर राखिएपछि सो क्षेत्रमा सहज रुपमा बत्ती बल्न सुरु गरेको गाउँपालिका अध्यक्षका स्वकिय सचिव सन्जि थामीले बताए । पछिल्लो समय माईजोगमाईले गाउँपालिकाको विभिन्न क्षेत्रमा विद्युत विस्तारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार