Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पशुपतिनगर नाकाबाट अवैध मल सहित तिन वटा पिकअप नियन्त्रणमा

पशुपतिनगर नाकाबाट अवैध मल सहित तिन वटा पिकअप नियन्त्रणमा

  • सन्देश सम्वाददाता
  • शनिबार, असार २० २०७७


पशुपतिनगर नाकाबाट अवैध मल सहित तिन वटा पिकअप नियन्त्रणमा

फिक्कल । इलामको पशुपतिनगर नाका हुँदै भारतबाट अबैध रुपमा नेपाल भित्राउदैँ गरेको अवैध मल प्रहरीले बरामद गरेको छ । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलिले उक्त सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी लालध्वज सुवेदीका अनुसार प्रहरी टोलिले सुर्योदय नगरपालिका वडा नं ३ कटेबुङमा भारतबाट आउदै गरेको बा १७ च ८४३४, मे १ च ९८६ र बा १८ च ९७२ नम्बरको पिकअप गाडीहरु चेकजाच गर्दा उक्त गाडीहरुमा लुकाई छिपाई नेपाल ल्याउदै गरेको ९० बोरा याराभेरा नामको मल फेला परेको थियो ।

प्रहरीले सवारी साधन र मल बरामद गरी सवारी चालकहरुलाई आवश्यक कारवाहीका लागी भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाईएको  सुबेदीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार