इलाम । इलामको देउमाई खोलामा डुवेको अवस्थामा एक जना युवकको शव फेला परेको छ । देउमाई नगरपालिका–५ का २५ बर्षिय हरिप्रसाद चापागाईको शव खोलामा डुवेको अवस्थामा फेला परेको हो । सोमवार दिउंसो देखी हराईरहेका चापागाई मंगलबार डुबेर मृत अवस्थामा फेला परेको जिल्ला एब नम्वर प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय मंगलवारेबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको छ ।
आफैँ आत्माहत्या गरेको वा खोला तर्ने क्रममा मृत्यू भएको भन्नेबारे जानकारी नआइसकेको बताइएको छ । इलाम देउमाई नगरपालिकामा रहेको इलाम मर्निङ ग्लोरी स्कुलका शिक्षक समेत रहेका उनी सामाजिक क्षेत्रमा समेत क्रियाशिल थिए । इमान्दार तथा सामाजिक क्षेत्रमा समेत क्रियाशिल चापागाइँ घरबाट हिँडेको भोलीपल्ट मात्र फेला परेका थिए ।