Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकाको बजेट १६ करोडले बढ्यो

इलाम नगरपालिकाको बजेट १६ करोडले बढ्यो

  • लोकल सन्देश
  • आइतबार, असार १४ २०७७


इलाम नगरपालिकाको बजेट १६ करोडले बढ्यो

इलाम नगरपालिकाले आगामी आर्थिक वर्षको २०७७।०७८ चालु आर्थिक वर्षको तुलनामा १६ करोड ९० लाख ९० हजार रुपैयाँ बढि रुपैयाँ रकमको बजेट पारित गरेको छ । नगरपालिकाले आगामी आवको लागि एक अर्ब तीन करोड ३७ लाख १२ हजार रुपैयाँ रुपैयाँको बजेट पारित गरेको हो । चालुआवको लागि पाँचौ नगरसभाले ८६ करोड ८२ लाख २२ हजार रुपैयाँको बजेत तथा कार्यक्रम पारित गरेको थियो । नगरपालिकाले आन्तरिक श्रोतबाट २३ करोड ४७ लाख ८० हजार रुपैयाँ आम्दानी हुने अनुमान छ ।

आन्तरिक आय तर्फ एक करोड ऋण उठाउने प्रस्ताव गरेको छ । त्यस्तै संघीय सरकारबाट ६४ करोड ११ लाख ८० हजार दुईसय ९० रुपैयाँ आम्दानी हुने, प्रदेश सरकारबाट चार करोड पचासी लाख असि हजार रुपैयाँ आम्दानी हुने, राजश्व बाडफाडबाट एघार करोड २७ लाख ७१ हजार सात सय दुई रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । व्यय तर्फ कार्यलय सञ्चालन तथा प्रशासनिक खर्चमा १२ करोड १२ लाख पचास हजार रुपैयाँ, वडास्तरीय योजना तथा कार्यक्रमहरुमा आठ करोड पाँच लाख रुपैयाँ, नगरस्तरीय योजना तथा कार्यक्रमहरुमा ३७ करोड ८० लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएकाे छ ।

संघीय सरकारको विषयगत शसर्त योजना कार्यक्रहरुमा ३३ करोड ७५ लाख, सामाजिक सुरक्षा भत्तामा १२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । नगरसभाले मालपोत र व्यवसाय करमा अघिल्लो वर्षको तुलनामा १० देखि २५ प्रतिशत कर छुट गरेको छ । होटल र सूनचाँदी व्यवसायीको लागि व्यवसाय करमा २५ प्रतिशत र अन्य व्यवसायको लागि १० प्रतिशत कम हुने गरि कर समायोजन गरिएको नगरपालिका प्रमुख महेश बस्नेतले जानकारी दिए ।

नगरपालिकाले मालपोत करमा पनि १० देखि २५ प्रतिशतसम्म कर घटाएको छ । १० रोपनीसम्म जग्गा हुनेलाई अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत, १० देखि २० रोपनीसम्म जग्गा हुनेलाई १५ प्रतिशत र त्यसभन्दा बढि जग्गा हुनेलाई १० प्रतिशत कर छुट गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले कृषिलाई प्राथमिकताको साथ बजेट विनियोजन गरेको बताएको छ । पूर्वधार विकासको काममा पनि श्रमशक्ति प्रयोग हुने योजनालाई प्राथमिकता दिने नगरप्रमुख बस्नेतको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार