फिक्कल । सूर्योदय नगरपालिका–८ का ३ वटा सहकारी एकिकरण भएका छन् । एकता बचत तथा ऋण सहकारी संस्था लि , गर्दने भञ्ज्याङ कृषि सहकारी संस्था लि र नमस्ते कृषि सहकारी संस्था लि। बिच एकिकरण सम्पन्न भएको हो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रम नगरपालिका का आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माको सभापतित्व, नगर प्रमुख रणबहादुर र राईको प्रमुख आतिथ्य, उपप्रमुख दुर्गा देवी भट्टराईको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
देशव्यापीरुपमा वित्तिय संस्थाहरुको एकिकरण क्रम चलिरहँदा सूर्योदय नगरपालिकाले समेत आफ्नो नीति तथा कार्यक्रममा समेत एक वडा एक बिषयगत सहकारी संस्थाको कार्यक्रमलाई प्राथमिकतामा राखेको कारण एकिकरणलाई नगरको सहकारी संस्थाले सहजिकरण गरेको थियो । नगरपालिकाका उप प्रमुख दुर्गा देवी भट्टराईले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमका अतिथिहरु एकता बचत तथा ऋण सहकारीका अध्यक्ष इकाराम प्रधान ले संस्थाको वित्तिय विवरण गर्दने भञ्ज्याङ कृषि सहकारी संस्थाका अध्यक्ष अर्जुन कार्की, नमस्ते कृषि सहकारी संस्था का उपाध्यक्ष निर्मला तामाङ्ग केन्दिय दुग्ध सहकारी संघ नेपालका संचालक सदस्य नीर कुमार प्रधानले एकिकरणको औचित्य बारे मन्तब्य राखेका थिए ।
एकिकरण पश्चात एकता बचत तथा ऋण सहकारी संस्थाको नामले संचालित हुने सहकारी संस्थाको एकिकृत वित्तिय स्थिति कुल २ करोढ ८२ लाख ९७ हजार हुने र शेयर सदस्यहरु जम्मा ३७७ जना हुने छन । कार्यक्रममा नगर प्रमुख राईले एकिकरण पछि बन्ने एकिकृत सहकारी संस्था नगरकै नमुना संस्था बन्ने विश्वास ब्यक्त गरे । कार्यक्रमका सभापति शर्माले नगरको आर्थिक बिकासको कार्यक्रम सहकारी सँगै जोडिएर आउने बताए । कार्यक्रमका संचालक नगरपालिकाका सहकारी शाखा प्रमुख देवेन्द्र राईले नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने कतिपय सहकारी संस्थाहरु करमा दर्ता नभएको, कतिपयले नियमित लेखापरिक्षण नगरेको, समयमा अधिवेशन नराखेको आदि बाट समस्यामा सहेकोले अब सहकारीहरु एकिकरणमा जानु वा खारेजीमा जानुको बिकल्प नरहेको बताए ।