सन्दकपुर । सन्दकपुर गाउँपालिकाको सातौ गाउँसभा बुधबारबाट सुरु भएको छ । पहिलो दिन गाउँपालिकाको सभा हलमा आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम र ऐनका बिषयमा छलफल भएको हाे । गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले निति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । निति तथा कार्यक्रमको सम्वन्धमा ७ जनाले धारणा राखेका थिए ।
नगरपालिकाका प्रवक्ता एवम वडा नं २ का अध्यक्ष गिरीराज खनालले आर्थिक ऐन र विनियोजना ऐन प्रस्तुत गरेका थिए । गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, आर्थिक विकास र सडक निर्माणलाई प्राथमितामा राखिएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले जानकारी दिए । गाउँसभा प्रस्तुत कार्यक्रम र ऐनको बारेमा असार १५ गते कार्यपालिकामा छलफल गरेर १८ गते पारित हुने गरी स्थगित गरिएको छ ।