Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकाको ७ औ नगरसभा सुरु, भवन निर्माण विधेयक पारित

माई नगरपालिकाको ७ औ नगरसभा सुरु, भवन निर्माण विधेयक पारित

  • लोकल सन्देश
  • बुधबार, असार १० २०७७


माई नगरपालिकाको ७ औ नगरसभा सुरु, भवन निर्माण विधेयक पारित

माई  : इलामको माई नगरपालिकाको ७ औ नगरसभा आजबाट सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखाको सभाहलमा सुरु भएको नगरसभाको पहिलो दिन आगामी आर्थिक बर्ष २०७७÷७८ को लागि नगर प्रमुख दिपककुमार थेवेले निति तथा कार्यक्रम् प्रस्तुत गरे । निति तथा कार्यक्रमको सम्वन्धमा ५ जनाले आफनो धारणा राखे । उनीहरुले नगर क्षेत्रमा रहेको खाली जग्गालाई कोरोनाको संकटको अवस्थामा कुनै पनि संस्था वा सहकारीलाई समयावधि तोकेर लिजमा दिनुपर्ने सुझाव दिए । आज नै भवन निर्माण तथा नक्सा पास सम्वन्धि विधेयक प्रस्ततु गरिएको छ ।

वडा नं ६ का अध्यक्ष तथा राजस्व परार्मश समितिक सदस्य मुखराज आङ्दाम्बेले प्रस्तुत गरेको विधेयकलाई वडा नं १० का अध्यक्ष मनबहादुर बस्नेतले सर्मथन गरेका थिए । उक्त विधेयक नगरसभाले पारित गरेपछि आगामी साउन १ गतेबाट लागु हुने प्रशासकिय अधिकृत नविन पौड्यालले जानकारी दिए । विधेयक लागु हुन सुरु भएपछि नगर क्षेत्रमा अब बन्ने भवनहरु नक्सा पास नगरी निर्माणमा रोक लगाइने भएको छ । नगरको आगामी सभा असार १८ गते बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार