इलाम । इलाम नगरपालिका १० गोदकमा रहेका सहकारी संस्थाका सदस्यहरुलाई कृषि सामग्री वितरण गरिएको छ । इलाम नगरपालिका १० को सहयोगमा ५ वटा सहकारी संस्थाले कृषि सामग्री वितरण गरेका हुन् । वडा कार्यालयको २ लाख रुपैयाँ ४० हजार रुपैयाँका दर ५ सहकारी संस्थालाई प्रदान गरिएपछि सहकारी आफ्ना सदस्यलाई कृषि औजार र बिऊ वितरण गरेको वडा सचिव खड्ग बस्नेतले बताए ।

माईवेनी कृषि सहकारी संस्था, साना किसान सहकारी संस्था, नवज्योती कृषि सहकारी संस्था, फ्रेडसीप कृषि सहकारी र महिला सिंहदेवी बहुउदेश्य सहकारी संस्थाले आफ्ना सदस्यलाई कृषि औजार र बिऊ बिउबिजन वितरण वितरण गरिएको हो । सहकारीका सदस्यलाई इलाम नगरपालिका १० का सदस्य धर्ममणि गौतम, रण बहादूर तामाङ र दलित महिला सदस्य बिमाला रसाइलीले सहकारी संस्थाका सदस्यलाई कृषि औजार र बिऊ वितरण गरेका थिए ।