इलाम । फौजी किराको आक्रमणका कारण इलामको १५ हजार हेक्टर क्षेत्रफलको मकैबालीमा क्षति पुगेको छ । दिनमा भन्दा रातमा सक्रिय हुने फौजी किराले मकैको गुबो नै खाएपछि सयौँ किसान चिन्तत भएका छन् ।
माई नगरपालिका ३ का तेजबादूर घिमिरेको बारीमा रोपिएको मकैमा अहिले फौजी किराको बास छ । फौजी किराको आक्रमणका कारण ३० रोपनी क्षेत्रफलमा रोपिएको मकैको एक बोट पनि राम्रो छैन । इलाम नगरपालिका ५ का पुष्प घिमिरेको मकैबाली किराले नै खाइसक्यो । २० हजार खर्च गरेर मकै खेती गरेपनि बोट नै सखाप पारेपछि घिमिरे अहिले चिन्तामा छन् । इलामका ६ स्थानीयमा फौजी किराले आक्रमण गरेपछि हजारौँ हेक्टर क्षेत्रफलको मकैखेती मासिँदा किसानको लगानी बालुवामा पानी भएको छ ।
इलामको माई, इलाम, सन्दकपुर, चुलाचुली,रोङ लगायतका स्थानीय तहका मकैबालीमा फौँजी किराले नष्ट गरेको छ । फौजी किराले मकैको गुगोमा आक्रमण गरेपछि बोटनै पहेलीने र घोगो नलाग्ने कृषि ज्ञान केन्द्र इलामका प्रमुख शालिकग्राम भट्टराईले बताउनुभयो । बाली संरक्षण प्रयोगशालाबाट बिषादी ल्याएर किसानलाई निःशुल्क वितरण गरेपनि नियन्त्रणमा आउन सकेको छैन । ३२ हजार हेक्टर क्षेत्रफलमा खेती गरिएको मकै खेतीमध्ये १५ हजार क्षेत्रफलमा रोपिएको मकैखतीमा फौजी किराले आक्रमण गरि क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख शालिकग्राम भट्टराईले बताउनुभयो ।
फौजी किराले मकैबारी नै सखाप पारेपछि खाध्यान्नमा आत्मनिर्भर रहेको इलाममा खाध्यान्न आयात गर्नुपर्ने अवस्थामा पुग्ने कृषि प्राविधिक बनाउँछन् । फौजी किरा नियन्त्रणका लागि कृषि ज्ञान केन्द्रले बाली संरक्षण प्रयोगशाला विराटनगरबाट बिषादी ल्याएर किसानलाई निःशुल्क वितरण गरिन शुरु गरिएको छ । स्थानीय तहका कृषि प्राविधिकहरु मर्फत रोङ गाउँपालिका, माई नगरपालिका र इलाम नगरपालिकामा किसानलाई बिषादी वितरण गरिएको थियो ।
दिउँशो माटोमिनु बस्ने राती मकैको बोटमा बसरे खाने गरेका कारण बिषादी साँझ लगाउनुपर्ने कृषि ज्ञान केन्द्रकी बागमानी अधिकृत मिना बस्नेतले बताइन् । शुरुमा नदेखिने तर मकैमा गुबो आएपछि मात्रै किरा देखिने भएकाले मकैबाली क्षति बढेको कृषि प्राविधिक बताउँछन् । फौजी किराले आक्रमण गरेपछि कृषि ज्ञान केन्द्रले सचेतनामुलक कार्यक्रम समेत गर्दै आएको छ ।