Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

रुकुम हत्याकाण्डको माई नगरपालिकामा खबरदारी तथा श्रद्धाञ्जली सभा

रुकुम हत्याकाण्डको माई नगरपालिकामा खबरदारी तथा श्रद्धाञ्जली सभा

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ २७ २०७७


रुकुम हत्याकाण्डको माई नगरपालिकामा खबरदारी तथा श्रद्धाञ्जली सभा

माई : पश्चिम रुकुम जिल्लाको चौरजहारी नगरपालिका वडा नं ८ सोतीमा नवराज विक सहित ६ जना युवाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै सोमबार इलामको माई नगरपालिकामा खबरदारी तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । पश्चिम रुकुम हत्याकाण्ड संयुक्त संघर्ष समिति, माई नगरपालिकाले बिरोध तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो ।
स्व स्र्फुत रुपमा भेला भएका सहभागिहरुले पींडितलाई न्याय र हत्यारालाई कारबाही लगायतका नारा लगाएका थिए । जातीय विभेदको अन्त्य गर्न माग समेत गरिएको प्रर्दशनमा करिब ३ सय जनाको समुहले माई ४ को लखन चौक देखि शुक्रबारे बजार हुदै माई २ को सितलीमा आई विरोध सभा सम्पन्न गरेका थिए ।

विरोध प्रदर्शन तथा श्रद्धाञ्जली कार्यक्रममा दलित अधिकारकर्मी ठगबहादुर खाती, दिपक सेन्चुरी, ध्रुव श्रेष्ठ, हरि प्रसाद पौड्याल लगायतले मन्तब्य राख्दै दोषीलाई हदै सम्मको कार्बाही गर्न माग गरेका छन् । यसै बिच दोषीलाई हदै सम्मको कारबाही सहितको ज्ञापन पत्र माई नगरपालिका प्रमुख दिपक कुमार थेबे मार्फत प्रधानमन्त्रीलाई पठाईएको स्थानीय युवा केशब बराइलीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार