फाकफोकथुम । इलाम सदरमुकामबाट करिब ३६ किलोमिटर टाढा पर्ने फुएतप्पा लिम्बुगाउँको पर्यटकिय क्षेत्र हो नामबेकु यक देवस्थल । फाकफोकथुम गाउँपालिका–४ मा पर्ने सो क्षेत्र गाउँपालिकाको चिनारीको रुपमा महत्वपुर्ण गन्तव्य रहे पनि संरक्षणका लागि बजेट नहुँदा ओझेलमा परेको स्थानीय जानकार बताउँछन् । पछिल्लो समय देवस्थल संरक्षणमा स्थानीय आफै जागरुक बनेका छन् । छत्र सुब्बाको संयोजकत्वमा गत जेठ ६ गते ७ सदस्यीय संरक्षण समिति बनाएर देवस्थलको सरसफाइ र पुर्नरुत्थानको कार्य गरिदै आएको छ ।
कसरी रहयो नामबेकु यक देवस्थल
यस देवस्थलको नाम कसरी नामबेकु यक रहन गयो भन्ने बारेमा जानकारहरूको किवदंती अनुसार लिम्बु भाषामा नाम्बेकु यक को अर्थ घाम उदाएर अस्ताउने स्थल बुझिन्छ् । यस देवस्थलको छेउमै उत्तर तिर हाँस पोखरी रहेको र पोखरीको छेउमा एउटा खोरे राजाले राज गरेको अवस्थामा एक दिन बटुवा बाटोमा यात्रा गरिरहेको बेला रात पर्न लागेपछि खोरे राजाकोमा बास बस्न अनुमति माग्यो । रातमा आएको पाहूनालाई बास दिएपछि त्यो बटुवा राती शाैच पोखरी छेउमै गरेपछि त्यस पोखरीका नाग र नागीनले पोखरी छोडेर नाम्बेकु डाडा भित्र आएर बसेको स्थानिय चन्द्र बहादु जबेगु बताउँछन् ।
त्यसपछि त्यो पोखरी क्रमश पानी सुक्दै गएको थियो । हासँ पोखरीको सुक्दै गएपछि खोरे राजा नाम्बेकु यक डाडामा आएर पुजाआजा गरी तिनवटा ढुङ्गा चिरीएको छेउँमा बसेर तपस्या गरेका थिए । एक दिन अचानक फुङ्वा राजाले खोरे राजालाई बाण मार्फत बासको तीर बनाई हान्दा त्यो तीर खोरे राजालाइ नलागि सिधैं ढुङ्गामा बज्रिएर तीन चिरा बन्यो । तीन चीरा भएको ढुङ्गाको चेपमा दुई वटा पानीहाँस बासस्थान गरी दिनचार्य बिताउने गरेको किम्बदन्ती रहेको जवेगुले बताए ।
अर्को किवदन्ती अनुसार हिउँदमा अन्नबाली छर्नेबेलामा पानी नपर्दा यस क्षेत्रका सबै बासीन्दाहरूले दानदक्षिणा जम्मा गरी संसारी पूजा यहि स्थानमा गर्थे । पुजा सम्पन्न भएको भोलीपल्टबाटै पानी पर्ने गरेको थियो । यसरी नाम्बेकु यक देवस्थल शक्तीको रूपमा बिश्वास रहेको जानकार बताउँछन् । स्थानिय सरकारले बजेट बिनियोजना गरेर यस क्षेत्रको संरक्षणमा चासो दिनुपर्ने समितिका अध्यक्ष सुब्बा बताउँछन् ।