नयाँबजार । इलामको माईजोगमाई गाउँपालिका–४ नामसालिङमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले सुन्तला बगैचा खेती व्यवस्थापन एवम सुदृढिकरण कार्यक्रमको प्रमथ सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । साविक नामसालिङ गाविस ३ र ४ कार्यक्षेत्र रहेको सहकारीले कृषि ज्ञान केन्द्रको १० लाख रुपैया अनुदान कार्यक्रमको सुनुवाई गरेको हो । ज्ञान केन्द्रको ७५ प्रतिशत र सहकारी सदस्यको २५ प्रतिशत लागतमा सुरु भएको कार्यक्रमको सार्वजनिक सुनुवाईमा ४० जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
सामाजिक दुरी कायम गर्दै नेपाल ज्योती आधारभुत विद्यालयमा भएको कार्यक्रममा गरिएको थियो । ज्ञान केन्द्रबाट प्राप्त अनुदान सस्थामा आवद्ध भएका २५ जना किषानहरु लाई ७५प्रतिशात रकम उपलब्ध गराईने सानाकिषान सहकारी सस्थाका प्रबन्धक टीका आचार्यले बताए । शेयर सदस्यहरुले सम्पुर्ण सदस्यहरूलाई सुन्तला बगैँचा कार्यक्रममा सहभागी गराउनु पर्नेमा जोड दिएका थिए । साथै किसानहरूलाई आवश्यक पर्ने कृषि सामग्री र मकै खेतिमा लाग्ने फौजी किराको नियन्त्रण का लागि आवश्यक किटनाशक औषधिहरू समेत सस्थाले बितरण गर्नु पर्ने बताए । कार्यक्रममा माइजोगमाई गाउपालिका वडा न ४ का वडाध्यक्ष गणेश कुमार राईको प्रमुख आतिथ्यता रहको थियो । साना किसान कृषि सहकारी संस्थामा रहेका समूह अन्तरसमुहका संयोजकहरु सहकारी संचालक समिती तथा लेखा समितिका पदाधिकारीहरुको उपस्थितिमा रहकेको थियो । ।
कार्यक्रमका प्रमुख अतिथि राईले अबको देशको आर्थिक स्थिति सुधार कृषिबाट नै सम्भब रहेको र सबै किसानहरुलार्य आधुनिक कृषि खेती तर्फ उत्प्रेरित हुन आग्रह गर्दै बाली बिमा गर्न समेत आग्रह गरे । कार्यक्रमको सन्चालन प्रबन्धक टीका आचार्यले गरेका थिए ।