Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

जन्मोत्सवमा पत्रकार सिग्देलले २० पत्रकारको कोरोना विमा गरिदिने

जन्मोत्सवमा पत्रकार सिग्देलले २० पत्रकारको कोरोना विमा गरिदिने

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ २० २०७७


जन्मोत्सवमा पत्रकार सिग्देलले २० पत्रकारको कोरोना विमा गरिदिने

बिर्तामोड । नेपाल पत्रकार महासंघ प्रदेश नं १ का सदस्य तथा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तीर्थ सिग्देलले आफ्नो जन्म दिनमा झापाका कम्तिमा २० जना पत्रकारहरुका लागि कोरोनासँग सम्बन्धी बिमा गरिदिने घोषणा गरेका छन् ।आज जेठ २० गते आफ्नो जन्मदिनको अवसरमा उनले यस्तो घोषण गरेका हुन् । ‘जन्मनुको सही अर्थ आफूले टेकेको धर्ती, समाज र देशप्रति गर्नुपर्ने कर्तब्य र जिम्मेबारी पूरा गर्नु पनि हो’,
आफ्नो फेसबुकमार्फत उनले भनेका छन्, ‘यसर्थ मेरो ब्यक्तिगत तर्फबाट झापाका कम्तिमा २० जना पत्रकारहरुका लागि कोराना बिमा गरिदिने घोषणा गर्दछु ।’हाल झापाका जम्मा ८० जनाको मात्र यो बिमा गरिएको शन्दर्भमा उनले गरेको यो घोषणले संचारक्षेत्रका लागि हौसला प्रदान हुनेछ । उनले यस अभियानलाई पत्रकार महासंघ, संघ संगठनहरुको समन्वयमा निरन्तरता दिदै लैजाने पनि बताएका छन् । उनले यसलाई निरन्तरता दिएर लैजाने वाताबरण बनाइदिन सबैमा आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार