फिक्कल । इलामको सूर्योदय नगरपालिकाले आगामी आर्थिक बर्षको योजना तथा बजेट तर्जुमाको लागि सरोकारवालासँग सुझाव संकलन सम्वन्धी छलफल गरेको छ । नगरले आगामी आर्थिक बर्षमा के कस्ता कार्यक्रमलाई प्राथमिकिकरण गर्ने भन्ने बारेमा राजनितिक दलका प्रतिनिधि, शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु माझ छलफल चलाएको हो । छलफलका सहभागिहरुले अहिले कोरोनाको महामारीको अवस्था रहेकाले विकास निर्माण भन्दा पनि कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर योनजा बनाउनुपर्ने सुझाव दिएका थिए ।
सूर्योदय नगरपालिका–१० का राजकुमार कट्टेलले अहिलेको लकडाउनको अवस्थामा साना उद्योगी एवम व्यवसायिकहरु मारमा परिरहेकाले उनीहरुको हितका लागि नगरको नितिमा योजनाहरु समावेश गरेर आउनुपर्ने बताए । सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले कोरोनाको कहरको समय सिमा नभएकाले बैकल्पिक रुपमा बजारलाई चलायमान बनाउन जरुरी रहेको बताए । उनले नगरबासीको मुख्य आयश्रोतको रुपमा रहेको दुध, सागसब्जी खुल्ला गरे अर्थतन्त्रमा सहयोगी बन्न सक्ने धारणा राखे । उनले स्थानिय उत्पादनबाट विभिन्न ८ प्रकार भन्दा बढिका उद्योगहरु संचालन हुन सक्ने संभावना रहेकाले त्यस तर्फ नगरले आगामी आर्थिक बर्षका लागि योजनाहरु समावेश गर्नुपर्ने बताए । उनले उद्योगलाई संस्थागत गर्न सक्ने बुदातग रुपमा विभिन्न मागहरु नगर प्रमुखलाई बुझाए ।
नेपाली कांग्रेसका नेता प्रेमलाल चाम्लिङले आगामी बर्षको योजना तथा बजेट बनाउँदा फुजुल खर्च कटौती गर्नुपर्ने बताए । उनले कोरोनाको महामारीको समयमा अबको बिकल्पको रुपमा आत्मनिर्भर कृषि रहेकाले नगरले त्यसका लागि प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । उनले सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यकर्ता पालने मेलो रुपमा मात्र विकास नगर्न सुझाव दिए ।
नेपाली कांग्रेसका साेनाम छिरिङ काजीले कोरोनाको महामारीको अवस्था रहेकाले कृषि क्षेत्रमा बढि बजेट बिनियोजना गरेर किसानहरुमा अनुदान र क्षतिपुर्तिका कार्यक्रमहरुमा ध्यान दिन आग्रह गरे । उनले गाउँ गाउँमा बदेल, बादर लगातय अन्य जंगली जनावारका कारण किसानहरुको उत्पादन नष्ट हुँदै गएकाले त्यसलाई रोक्न योजना र बजेट आवश्यक देखिएको धारणा राखे । किसानहरुको उत्पादनलाई बजारीकरणको वातावरण बाउनका साथै उचित मुल्य पाउने व्यवस्थाका लागि पहलको जरुरी रहेको बताए ।
कृषक तारा नेपालले कृषिलाई पहिलो प्राथमिकतामा राखेर त्यसपछि स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्न सुझाव दिए । उनले अहिलेको अवस्था चिया, अलैची लगायतका अन्तराष्ट्रिय बजारमा विक्री गर्न सक्ने संभावना नरहेकाले स्वदेशमा चल्न सक्ने उद्योगको खोजी र त्यसको विकल्पको विकासका लागि ध्यान दिन आग्रह गरे । शिक्षाको क्षेत्रमा सामाजिक परिवेश र व्यवहारिक शिक्षालाई बढि प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।
समाजसेवी अर्जुन निरौलाले किसानले अहिलेको अवस्थामा दुधको क्रिम काटेर अरु पोख्नुपर्ने अवस्था देखिएकाले दुध पाउडर कारखाना खोल्न नगरले आगामी बर्षको बजेटबाटै सुरु गर्नुपर्ने बताए । उनले मिल्क होलिडेको समस्या समाधानको लागि उत्तम बिकल्प हुने धारणा राखे । उनले शारिरिक दुरी कायम गरेर साउनबाट शैक्षिक सत्र सुरु गर्नका लागि वातावरण तयार गर्नका लागि नगरसँग आग्रह गरे । कक्षालाई प्राथमिकतामा आधारमा सिफ्टमा संचालन गरेर शैक्षिक क्षेत्रलाई पनि अगाडी बढाउनुपर्ने धारणा राखे । उनले कोरोनको समयावधी यकिन नभएकाले संस्थागत क्वारेन्टाइन भन्दा होम क्वारेन्टाइन प्रभावकारी हुने बताए । दैनिक ४ सय रुपैया खर्च गरेर क्वारेन्टाइनमा मानिसहरु राख्न संभव नभएकाले होम क्वारेन्टाइनलाई प्राथमिकतामा राखेर गाउँ गाउँमा निगरानी टिम बनाएर अघि बढ्नका लागि नगरलाई सुझाव दिए ।
नेपाली कांग्रेसका क्षेत्रिय सभापति दुर्गा बरालले सूर्योदय नगरले आगामी बजेटमा कोभिड–१९ को सन्त्रासबाट बचाउने बारेमा पहिलो सोच्नुपर्ने बताए । कोरोनाको कारण खाध्य अभावको अवस्था देखिन सक्ने भएकाले परम्परागत खेतीमा फर्कनुको विकल्प नभएको बताए । नगरको बजेटमा खाध्य आत्मनिर्भरताका नितिहरु समावेश गर्नका लागि सुझाव दिए । नगरले शित भण्डार निर्माण गरी किसानहरुको उत्पादनलाई सुरक्षित राख्न सके आगामी बर्षमा पनि संकटको समयमा खाध्यान्न अभाव परिपुर्ती हुन सक्ने बताए । कोरोनाका कारण सवै क्षेत्र धरासायी बन्दै गएकाले नगरले अनावश्यक कर्मचारीहरु कटौती गर्नुपर्ने बरालले सुझाव दिए । उनले भारतबाट बिना क्वारेन्टाइन तरकारी आयत भइरहेकाले त्यसले नेपाली उत्पादन धरासायी बनाएको बताए । सूर्योदय नगरमा बिषादीको प्रयोग बढि रहेकाले त्यसलाई नियन्त्रणका लागि ध्यान पु¥याउनुपर्ने बताए ।

आदिवासी जनजाती महासंघका अध्यक्ष सोनाम योल्मोले कोरोनाको महामारीको अवस्थामा कृषि उत्पादनका लागि प्रोत्साहनका प्याकेजहरु आगामी बर्षको निति तथा कार्यक्रममा समेटिनुपर्ने धारणा राखे । उनले किसानहरुले खाध्यान्नको विउ बिजन खरिद देखी बजारीकरणको अवस्थासम्म एकल जोखिम बहन गरिरहेकाले त्यसको न्युनिकरणका लागि नगरको ध्यान पुग्न जरुरी रहेको बताए । कृषि विमामा राज्यको सहुलियत सहित किसानको पुहँचका लागि नगरले निति र कार्यक्रममा समावेश गरेर अघि बढनुपर्ने धारणा राखे । सूर्योदयको मुख्य आम्दानी चिया खेती भएपनि कोरोनाको कारण धरासायी बन्दै जाँदा दोहोरो खेती प्रर्वद्धनका लागि बजेट बिनियोजना गर्नुपर्ने बताए ।
सूर्योदय होटल एसोसिएसनका अध्यक्ष अविशेक श्रेष्ठले लकडाउनपछिको २÷३ बर्षको अवधिसम्म होटल व्यवसाय संकटमा पर्ने भएकाले नगरको निति, कार्यक्रम र बजेटमा त्यसको पुनरुत्थानको लागि योजनाहरु समावेश हुनुपर्ने बताए । उनले आगामी नितिमा चिया संस्कृतिको विकास गरेर पर्यटकहरु भित्र्याउनका लागि पहल हुनुपर्ने बताए । खेल पर्यटन, कृषि पर्यटनलाई प्रर्वद्धन गर्न सके नगरको समृद्धि हुने उनले धारणा राखे । युवा समाजसेवी कुनाल राईले कृषि विज्ञ उत्पादन गर्ने इन्स्टिच्युटको लागि समेत नगरले सोच्नुपर्ने बताए । उनले करफोक बहुमुखी क्याम्पस सुविधा सम्पन्न भएकाले त्यहाँ कृषि अध्ययन केन्द्र बनाउनका लागि नगरले निति तथा कार्यक्रममा समेट्नुपर्ने बताए ।
शिक्षासेवी डिल्ली सुवेदीले सवै क्षेत्रमा अनुदानको व्यवस्था हुने निति र कार्यक्रम निर्माण हुन सके कोरोनाको कहर पछि नगरका सवै पक्ष तङ्ग्रिन सक्ने धारणा राखे । उनले शिक्षाको क्षेत्रमा समेत प्राथमिकतामा राखेर सुरक्षित रुपमा विद्यालय संचालनका लागि वातावरण बनाउनुपर्ने धारणा राखे । समाजसेवी कमल गदालले नगरले भु–उपयोग निति ल्याउनुपर्ने बताए । जग्गाको स्तर बाडफाड गरेर त्यसलाई प्रर्वद्धन गर्नुपर्ने उनले बताए । हरेक घरमा करेसाबारी निर्माणको लागि नगरले निति बनाएर अघि बढ्न सक्ने आउन सक्ने विभिन्न महामारीसँग जुध्न सहज हुने उनले धारणा राखे । पत्रकार नमीन ढकालले नगरले निति निर्माण गर्दा संचार क्षेत्रको बारेमा समते सोच्न आग्रह गरे । उनले नगरले गरेका कामहरु जनमानससम्म पु¥याउने संचार क्षेत्रलाई नगरले सधै उपेक्षा गरेको बताउँदै कोरोनाको महामारीको अवस्था नगरको सफलतामा संचार क्षेत्रले समेत योगदान रहेको स्मरण गराए ।
नेत्र पोखरेलले सहकारी निति ल्याएर त्यसलाई कार्यान्वयका लागि पहल हुन सके सवै क्षेत्रको समुन्न प्रर्वद्धन हुन सक्ने धारणा राखे । भुमिकायुक्त सहकारी अवधारण सूर्योदय नगरपालिकालाई आवश्यक देखिएको उनले बताए । जिल्ला समन्वय समितिकी उपप्रमुख चित्रकला बराइलीले निति निर्माण मात्र नगरि कार्यान्वयमा समेत सक्षम हुनुपर्ने धारणा राखिन् । अहिलको अवस्थामा स्वास्थ्य सुरक्षा नै पहिलो प्राथमिकता रहेकाले नगरको ध्यान त्यता तर्फ जानुपर्ने बराइलीले बताइन् ।
संविधानसभा सदस्य टिकाराम सुब्बा लाप्चाले नगरले अहिलेको अवस्थामा मालपोत बापतको रकम बढि रहेकाले त्यसलाई सुधार गर्दै तल्लो तहका जनतालाई समेत स्थानिय सरकारको अनुभतु हुने गरी परिमार्जन गर्न आग्रह गरे । उनले जग्गाको खेती योग्य, आवास लगायत बर्गिकरण गरेर किसानहरुमा सहुलियत योजनाहरु आगामी निति तथा कार्यक्रममा समावेश गर्नुपर्ने बताए । उनले नेपाली चियाको आफनो क्लोन नभएकाले नगरले आगामी बजेटबाट चिया अनुसन्धान केन्द्र तथा टिस्यु कल्चर ल्याबलाई चासोका रुपमा लिनुपर्ने बताए । उनले अहिले उपयोगमा आइरहेको चिया र अलैचीको क्लोनमा भारतको प्याट्रन रहेकाले नेपालले आफ्नो क्लोन विकास नगरे समस्यामा पर्ने धारणा राखे । कोरोनाको अवस्थामा स्वास्थ्यलाई प्राथमिकतामा राखेर बेड सहितको अस्पताल निर्माण तथा पर्याप्त औषधीको व्यवस्थापन गर्नका लागि निति तथा कार्यक्रममा सम्वोधन हुनुपर्ने धारणा राखे ।

अर्का संविधान सभा सदस्य सूर्यवाला राईले नगरले सवै क्षेत्रमा तत्कालिन, मध्यमकालिन र दिर्घकालिन नितिहरु तय गरेर अघि बढ्नुपर्ने बताए । उनले कृषिमा आधुनिकिरकण गरी खाध्य सुरक्षा प्रत्याभुत गर्न बाँझो रहेको जमिनमा सामुहिक खेती प्रर्वद्धनका लागि नगरको निति र कार्यक्रमले प्रोत्साहन गर्नुपर्ने बताए । उनले विभिन्न बुदागत रुपमा नै नगरलाई सुझाव दिँदै जलवायु परिर्वतन र रसायनिक असरलाई न्युकिरण गर्दै प्राङगारिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रमहरु बनाउन ध्यानार्कषण गरे । नगरको १४ वटै वडामा उत्तिकै संभावना देखिएपनि कमजोर वडाको छनौट गरेर पर्यटकहरु आर्कषणको केन्द्र बनाउनुका साथै पुरातात्विक महत्वका सामाग्रीहरु सरक्षणका लागि नगरको ध्यान पुग्नुपर्ने बताए । वन संरक्षण र वृक्षारोपणमा जनसमुदायलाई अभिप्रेरित गर्न सके नगरको वातावरण र जनताको जिवनस्तरमा सुधार हुने उनले धारणा राखे ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख दुगादेवी भट्टराईले भुमि कर र मालपोत करबाट अब नगरबासीले सास्ती भोग्नु नपर्ने बताइन् । उनले आफनो प्रयोजनाका लागि बनाएको भुमिकरको आधारमा मालपोतले कर लिन थालेको जानकारीपछि छलफलबाट समस्या समाधान भइसकेको बताइन् । पहिलो बर्ष सरकारले एकिकृत सम्पती करको अवधारणा ल्याएका जनताहरुले बढि रकम तिर्नुपर्ने भएपनि त्यसको परिमार्जन भइसकेको बताइन् । उनले नगरले बनाएको विभिन्न सचुकको आधारमा वडाका जनताहरुले आफनो जग्गाको मुल्यांकन आफै गरे भुमि कर तयार भएको बताइन् ।
छलफलमा उठेका जिज्ञासाको सम्वोधन गर्दै नगर प्रमुख रणबहादुर राईले नगरले कृषि, स्वास्थ्य र शिक्षालाई नै प्राथमिकतामा राखेर अघि बढेको बताए । उनले केन्द्रिय सरकारबाट आएको ३४ करोड ५६ लाख रुपैया सर्सत अनुदान शिक्षा र सामाजिक सुरक्षाको क्षेत्रमा खर्च गरिने बताए । नगरलाई १६ करोड समानिकरण अनुदान प्राप्त भएकाले विकासका गतिविधिहरु त्यही मार्फत हुने बताए । नगर प्रमुख राईले गत बर्ष १२ करोड ५० लाख रुपैया राजस्व प्रक्षेपण गरेकोमा कोरोनाका कारण साढे ६ करोड समेत संकलन नभएको बताए । उनले यस बर्ष नगरले १० करोड राजस्व संकलन गर्ने प्रक्षेपण गरेको बताए ।
आएका सुझावहरुलाई मध्यनजर गर्दै नगरको निति र कार्यक्रमलाई अघि बढाइने नगर प्रमुख राईले बताए । उनले मानव र जनावारको द्धन्द्धका लागि कार्यक्रमहरु बनाइदै गरेको बताए । किसानहरुको प्रोफाइल बनाउने काम अगाडी बढाउदै विउबिजनका लागि बिशेष अनुदानको कार्यक्रम बनाउने बताए । २ लाख लिटर दुध उत्पादनको योजना बनाएर अघि बढेकाले त्यो पुरा हुने वित्तिकै मिल्क प्रोजेक्टको काम अगाडी बढाउने राईले बताए । उनले असार १० गतेसम्म स्थानिय तहले निति तथा कार्यक्रम ल्याउनुपर्ने भएकाले कामहरु अगाडी बढिरहेको बताए ।