Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

आज पनि ८० जना पशुपतीनगर हुँदै नेपाल प्रवेश गर्ने

आज पनि ८० जना पशुपतीनगर हुँदै नेपाल प्रवेश गर्ने

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ १३ २०७७


आज पनि  ८० जना पशुपतीनगर हुँदै नेपाल प्रवेश गर्ने

फिक्कल । रोजगारीका लागि भारतको दार्जिलिङ लगायत विभिन्न क्षेत्रमा रहेका ८० जना नेपाली आज स्वदेश फर्कदै छन् । कोरोनाको महामारीका बिच पशुपतीनगर नाका हुँदै आज ८० जना भित्र्ने सूर्योदय नगरपालिका कोभिड–१९ संकट व्यवस्थापन समितिका फोकल पर्सन पेमा उगेन लामाले बताए । सूर्योदय नगरपालिका र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइतबारबाट ¥यापिड टेस्ट गर्दै भित्र्याउन सुरु गरिएको थियो । नाका भित्रिनेको ¥यापिड टेस्ट गर्न पशुपतिनगर गेटको सडकमै सामाजिक दूरीसहितको संकेत तयार गरिएको छ ।
सडकमा पाल टाँगेर उनीहरूलाई अस्थायी रूपमा बस्नसक्ने प्रबन्ध मिलाएर परिक्षण गरिदै आएको छ । २ दिनको अवधिमा विभिन्न जिल्लाका १ सय भन्दा बढिकाे  ¥यापिड टेस्ट गरिएको छ । जसमा दोलखाका ८ जनाको टेस्ट पोजेटिभ देखिएपछि स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएको फोकल पर्सन लामाले बताए ।
१ नम्बर प्रदेश बाहेकका रिर्पोट नेगेटिभ देखिएका दोलखाका ९२ जनालाई नगरपालिकाले यातायातको व्यवस्था गरेर गृह जिल्ला पठाएको छ । नगरपालिकाले १ नम्बर प्रदेशका युवाको चाँही पिसिआर समेत जाँच गर्ने तयारी गरेको छ । हालसम्म तेह्रथुमका १६, झापाको १ जनाकाे स्वाब संकलन गरेर क्वारेन्टाइन राखिएको छ ।  रिर्पोट नेगेटिभ आएका दोलखा बाहेक अन्य जिल्लाका युवालाई पनि सवारी साधन व्यवस्था नहुञ्जेल केही समयका लागि क्वारेन्टाइनमै राखिएको छ । दैनिक जसो ¥यापिड किटको संख्या हेरेर नेपाल तर्फ प्रवेश गराइने भएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार