Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पुर्वी सिमा पशुपतिनगरबाट नेपाल भित्रिए ७६ जना

पुर्वी सिमा पशुपतिनगरबाट नेपाल भित्रिए ७६ जना

  • सन्देश सम्वाददाता
  • सोमबार, जेष्ठ १२ २०७७


पुर्वी सिमा पशुपतिनगरबाट नेपाल भित्रिए ७६ जना

इलाम । नेपाल भारत सिमा क्षेत्रको पशुपतीनगर नाका हुँदै भारतीय क्षेत्रमा काम गरेर बसेका ७६ युवा आइतबार स्वदेश फर्किएका छन् । दोलखाका ६७, तेह्रथुमका ७ तथा चितवन र काठमाडौंका १÷१ युवा पशुपतिनगर नाका हुँदै नेपाल प्रवेश गरेका हुन् । उनीहरूमध्ये ६७ जनाको पशुपतिनगरमै ¥यापिड डाइनोस्टिक टेस्ट (आरडिटी) गर्दा ८ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । रिपोर्ट पोजिटिभ आएका सबै युवा दोलखाका भएको र उनीहरूलाई क्वारेन्टाइनमा राखिएको वडा नं १० का वडाध्यक्ष तथा कोरोना फोकल पर्सन पेमा उगेन लामाले बताए ।


‘पोजिटिभ रिपोर्ट आएकाहरूको सोमबार स्वाब नमुना लिएर पोलिमर चेन्ज रियाक्सन (पिसिआर) परीक्षणका लागि पठाइने छ,’ उनले भने, ‘नेगेटिभ रिपोर्ट नै रहेका तेह«थुमका युवकको समेत पिसिआर परीक्षण गरिनेछ ।’ रिपोर्ट नेगेटिभ आएका दोलखाकै ५८ जनालाई गृहजिल्ला पठाइएको छ । अरू जिल्लाका युवालाई पनि सवारी साधन व्यवस्था नहुञ्जेल केही समयका लागि क्वारेन्टाइनमै राखिएको उनले जनाए ।

सोमबार पनि यो नाका भएर युवाहरू आउने तयारीमा रहेको उनले जनाए । तर, नगरसँग आरडिटी किट ३५ थानमात्रै रहेकाले थप किट ल्याउन पहल भइरहेको लामाले बताए । पशुपतिनगर नाकाबाट भित्रिने व्यक्तिलई राख्न पशुपतिनगरसहित आसपासका विभिन्न स्थानमा ४ सय जना क्षमताको क्वारेन्टाइन तयार गरिएको छ ।
अन्य जिल्लाकाको आरडीटी र प्रदेश १ को पीसीआर समेत परिक्षण
जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र र पशुपतिनगर नाका रहेको सूर्याेदय नगरपालिकाको समन्वयमा क्वारेन्टाइन व्यवस्थापन गरिएको छ । तर, नाका भित्रिनेबित्तिकै आरडिटी गरेर उनीहरूलाई सम्बन्धित जिल्ला पठाइने सूर्याेदय नगरपालिकाले जनाएको छ । नगरले १ नम्बर प्रदेशका युवाको चाहिँ पिसिआरसमेत जाँच गर्ने तयारी गर्दैछ । नाका भित्रिनेको आरडिटी गर्न पशुपतिनगर गेटको सडकमै सामाजिक दूरीसहितको संकेत तयार गरिएको छ । सडकमा पाल टाँगेर उनीहरूलाई अस्थायी रूपमा बस्नसक्ने प्रबन्ध मिलाइएको नगर प्रमुख रणबहादुर राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार