Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई गाउँपालिकाले श्रममा आधारित राहत दिने

माईजोगमाई गाउँपालिकाले श्रममा आधारित राहत दिने

  • राेशन काफ्ले
  • बिहिबार, जेष्ठ १ २०७७


माईजोगमाई गाउँपालिकाले श्रममा आधारित राहत दिने

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकाले दोश्रा चरणमा श्रममा आधारित राहत दिने भएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रका विपन्न एवम मजदुरलाई राहतमा १५ केजी चामल, तेल दाल लगायतका सामाग्रीहरु दिने भएको हो । राहत पाउनेले त्यस बापत २ दिने गाउँपालिकाको लागि श्रम गर्नुपर्ने अध्यक्ष जीतबहादुर राईले जानकारी दिए । ‘हामीले दिएको राहतपछि अर्को विकल्प खोज्नुपर्नेमा दिनभरी छिमेकीकोमा गएर गफिएर बस्ने, सामान्य खेतबारीको श्रम गर्न समेत अल्छी गरेको पाइएको छ । ’
उनले भने ‘ त्यसैले दोश्रो चरणमा श्रममा आधारित राहतको प्याकेज ल्याएको हौ । ’ गाउँपालिकाले पहिलो चरणमा राहत पाउनेहरु श्रममा आधारित राहतको नपाउने राईले बताए । राहतका पाउनेहरुको डाटा गाउँपालिकाले संकलन गरेकाले केही दिनभित्रबाट सुरु गरिने भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार