मंगलबारे । नेपालमा कोरोनाको संक्रमितहरुको संख्या बढ्दै गएपछि देउमाई नगरपालिकाले सचेतनाका लागि विभिन्न निर्णयहरु गरेको छ । कोभिड–१९ को बढ्दो संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि थप संवेदनशिल भएर कार्य गर्नुपर्ने महसुस भएपछि कार्यपालिकाबाट क्वारेन्टाइन थप गर्ने, सवारी साधन व्यवस्थापन लगायतका बिषयमा निर्णय भएको सुचना अधिकारी गोपाल बाँस्तोलाले जानकारी दिए । बैशाख ३० गतेकाे जिल्ला विपद व्यवस्थापन केन्द्रको अनुरोधलाई कार्यान्वयन गर्दै नगरले थप १५० बेडको क्वारेन्टाइन निर्माण गर्ने भएको हो ।
जस अन्र्तगत प्रत्येक वडामा उपयुक्त स्थान छनौट गरि वडा कार्यालयले सम्पुर्ण व्यवस्थापन गरि २५ बेडको क्वारेन्टाइन निर्माण गर्ने नगर प्रमुख सूर्य पोखरेलले जानकारी दिए । त्यसैगरी बैंक, वित्तिय संस्था,सहकारी तथा सबै सरकारी कार्यालय हरु उपलब्ध कर्मचारी मार्फत आन्तरिक कार्य गर्न बाहेक जेठ ५ गते सम्मका लागि पू्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । बन्दबन्दीको अवस्थामा अतिआवश्यक अवस्था आईपरेमा सहजीकरणका लागि ईलाका प्रहरी कार्यालय मंगलबारे को फोन नः ९८५२६९००२४ मा सम्पर्क गर्न सकिने प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद दाहालले जानकारी दिए ।