नयाँबजार । माईजोगमाई गाउँपालिका–२ शुक्रबारे बजारमा सोमबार राती भएको आगलागि पिडितलाई गाउँपालिकाले राहत दिने भएको छ । आज बसेको गाउँपालिकाको ८४ औ कार्यपालिका बैठकले आगालागिबाट पिडित २ घरलाई जनही ५० हजार तथा एक घरलाई ३० हजार बराबरको राहत दिने निर्णय गरेको हो । कार्यपालिकाको बैठकले कैया र लाबरलाई ५० हजार तथा प्रधानलाई ३० हजार दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले जानकारी दिए । सोमबार साँझ बेद कैयाको घरबाट सुरु भएको आगलागिबाट रुकमिणा प्रधानको घर र किराना पसल, छत्रकुमारी लावरको घर तथा कैयाको जुत्ता र कपडाको पसलमा क्षति पुगेको थियो ।