Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पूर्वगृहमन्त्री रावलको सुरक्षार्थ तैनाथ प्रहरीलाई पनि कोरोना

पूर्वगृहमन्त्री रावलको सुरक्षार्थ तैनाथ प्रहरीलाई पनि कोरोना

  • सन्देश सम्वाददाता
  • बुधबार, बैशाख ३१ २०७७


पूर्वगृहमन्त्री रावलको सुरक्षार्थ तैनाथ प्रहरीलाई पनि कोरोना

पूर्व गृहमन्त्री एवम् नेकपाका स्थायी कमिटी सद नेता भीम रावलको घरमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका एक जवानलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका(१ दुवाकोटमा बस्दै आएका २७ वर्षीय ती सशस्त्र प्रहरीका जवानमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो। सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत उनलाई कोरोना पुष्टि भएपछि मंगलबा राति नै शुक्रराज ट्रपिकल तथा सरुवा रोगटेकु अस्पतालमा भर्ना गरिएको छ।
स्रोतका अनुसार रावलको घरमा सुरक्षार्थ तैनाथ उनी वैशाख २ गते त्यहाँबाट निस्किएका थिए। श्रीमती बिरामी भएपछि उपचारका लागि गएका उनलाई यसबीचमा कोरोना भएको हो। उनी काठमाडौंबाट तराई गएर फर्किएको बताइएको छ। जिल्ला प्रशासनले दिएको पासबाट काठमाडौं छिरेपछि उनको स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसपछि उनी दुवाकोटस्थित आफ्नै डेरामा बस्दै आएका थिए। उनको परिवारका अन्यको पनि अहिले कोरोना परीक्षणका लागि स्वाब लिइएको छ। ुउनी वैशाख २ गते यहाँबाट निस्किएर गएका थिए।
यो बीचमा उनी केही अस्पतालमा पनि पुगेका थिएु, रावलका एकजना सहयोगीले भने, ‘उनी ड्युटीमा फर्किने भएपछि कोरोना परीक्षण गरिएको थियो। कोरोना पुष्टि भएपछि अहिले अस्पतालमा भर्ना गरिएको छ।’ उता नेता रावलको भने यसअघि संसद भवनमै कोरोना परीक्षण गरिएको थियो। जहाँ उनीसहित सबै सांसद र संसद सचिवालयका कर्मचारीको कोरोना नेगेटिभ आइसकेको छ। भक्तपुरमै रामधुनी नगरपालिका, झुम्का निवासी २५ वर्षीया महिलालाई पनि कोरोना पुष्टि भएको छ। उनको कोठा भक्तपुरस्थित सल्लाघारीमा थियो। तर उनी ठिमीस्थित प्रजिना रेग्मीको कोठामा बस्दै आएकी थिइन्। उनलाई राति नै टेकु अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार