Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

लकडाउनको मारमा परेका ४ सय ६५ परिवार इलामेलीलाई काठमाडौंमा राहत बितरण

लकडाउनको मारमा परेका ४ सय ६५ परिवार इलामेलीलाई काठमाडौंमा राहत बितरण

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख २९ २०७७


लकडाउनको मारमा परेका ४ सय ६५ परिवार इलामेलीलाई काठमाडौंमा राहत बितरण

इलाम । इलाम जिल्ला स्थायी घर भई हाल काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रहरुमा रहेका ४ सय ६५ परिवारलाई राहत वितरण गरिएको छ । लकडाउनमा परी घर फिर्न नसकेका मजदुर, गरीव विद्यार्थी, उपचारका लागि काठमाडौंमा गई बसेका इलाम जिल्लाका १० वटै स्थानीय तहका ४ सय ६५ परिवारलाई करिव ७ लाख १० हजार रुपैयाँ बराबरको राहत बितरण गरिएको हो । असंगठित मजदुर, गरीव विद्यार्थी, असक्त तथा अति विपन्न वर्गहरुमा कोरना भाइरस (कोभिड –१९) का कारण बन्दाबन्दीमा परी असहज परिस्थितिमा दैनिक जिवन यापन गरी रहेकाहरुलाई जिल्ला समन्वय समिति इलामको समन्वय र स्थानिय तहको सहकार्यमा राहत बितरण गरिएको छ ।
उक्त कार्य काठमाडौंमा क्रियाशिल इलाम सम्वद्ध संघ संस्थाहरु र सामाजिक व्यक्तित्वहरुको साझा प्रयासबाट उनीहरु बसोबास गरेकै स्थानमा राहत सहयोग दिने कार्य सम्पन्न गरिएको पत्रकार माधव चौलागाईले जानकारी दिए । इलाम नगरपालिका ७९ परिवार , देउमाई नगरपालिकाका ९४ परिवार, सूर्योदय नगरपालिकाका ४९ परिवार, माई नगरपालिकाका ४३ परिवारलाई राहत दिइएको हो । त्यसैगरी फाकफोकथुम गाउँपालिकाका ९८ परिवार, माइजोगमाई गाउँपालिकाका ४६ परिवार, सन्दकपुर गाउँपालिकाका १७ परिवार, चुलाचुली गाउँपालिकाका ३२ परिवार, माङ्सेवुङ गाउँपालिकाका ५ परिवार र रोङ्ग गाउँपालिकाका ३ परिवारले राहत पाएका छन् ।
पहिलो चरणको राहत बितरण गरेर हाललाई उक्त कार्य स्थगित गरिएको काठमाडौं उपत्यका कोरोना राहत तथा सहयोग समिति इलामले जानकारी दिएको छ । बन्दाबन्दीको समयमा राजधानी लगायतका स्थानमा रहेकालाई जिल्ला ल्याउदा जोखीम बढने भन्दै उतै राहत बितरण गरिएको जनाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार