नयाँबजार । कोरोनाको जोखिमका बिचमा सामाजिक दुरी कायम गर्दै माईजोगमाई गाउँपालिका वडा नं ३ मा मा सामाजिक सुरक्षा भत्ता बितरण भएको छ । साबिक नयाँबजार ५ नामसालिङ १ र शुक्रबारे बजारका जेष्ठ नागरिक एकल महिला दलित अपाङ्ग भएकाहरुले भत्ता पाएका हुन । सामाजिक दुरि ३ मिटर कायम गरि साबुन पानीले हात धोएर मात्र सामाजिक सुरक्षा भता बितरण गरिएको थियो। वडा नं ३ का अध्यक्ष याम बहादुर योल्मो, अन्य जनप्रतिनिधिहरु, वडा सचिब र प्रहरी प्रशासनको रोहबरमा भत्ता वितरण कार्य गरिएको थियो ।
बिश्व नै कोरोना सङ्क्रमण भएको बेला नेपालमा पनि लकडाउनले सबै सरकारी कामकाज स्थगित भएको थियो । कतिपय स्थानिय तहमा घर घरमा पुगेर सामाजिक सुरक्षा भता बितरण भए पनि माइजोगमाई गाउँपालिका सामाजिक दुरी कामय राख्दै भत्ता वितरण गरेको हो ।