माई : माई नगरपालिका वडा नम्बर–१० मा दाताहरुबाट खाध्यान्न सामाग्री जुट्ने क्रम बढेको छ । लकडाउनका समयमा बिपन्न र मजदुरहरुलाई खाध्यान्न समस्या भएको भन्दै नेपाल कम्निष्ट्र पार्टी (नेकपा) वडा कमिटी माई–१०, जनप्रतिनिधि र स्थानीय समाजसेबीहरुले खाध्यान्न सहयोग गरेका हुन । नेकपा वडा कमिटी अध्यक्ष बिनोद नेम्बाङ्ग, नगर सचिब हेम बहादुर लायो तथा स्थानीय समाजसेबी राम बहादुर आले मगर र मोतिखर सञ्जेलले माईका नगर प्रमुख दिपक कुमार थेबे र वडा अध्यक्ष मनबहादुर बस्नेतलाई खाध्यान्न प्रदान गरे ।
खाध्यान्न सामाग्रीमा नेकपा वडा कमिटीले ५० हजार मुल्य बराबरको १० क्बीटल चामल प्रदान गरेकाछ । वडा भित्रका १२ जना पार्टी सदस्यहरुबाट रकम संकलन गरि बिपन्नका लागि नगरको एकद्धार प्रणलीमा जम्मा गरिएको वडा कमिटी अध्यक्ष नेम्वाङले जानकारी दिए । त्यस्तै वडा समिति ले समेत २० हजार मुल्य बराबरको राहात सामाग्री खरिद गरि एकद्धार प्रणालीमा जम्मा गरेको छ । वडा अध्यक्ष मनबहादुर बस्नेतबाट ६ हजार, वडा सदस्यहरु दुर्गा रैका, तिर्थकुमारी सार्की, इन्द्रकला भट्टराई र टेकबहादुर आलेबाट ३ हजार ५ सयका दरले जम्मा १४ हजार गरि जम्मा २० हजारको ९० लिटर खानेतेल प्रदान गरिएको वडाध्यक्ष बस्नेतले जानकारी दिए ।
स्थानीय समाजसेबी राम बहादुर आलेबाट ११ हजार ३ सय २२ रुपैया बराबरको १ सय ५० केजी आयोनुन र ३ सय थान साबुन प्रदान गरे । शान्ता चौहानबाट ५० लिटर खानेतेल तथा मोहन सिंह वाईवा, बेनुप तामाङ्ग र मोतिखर सञ्जेलबाट ५०–५० केजी चामल प्राप्त भएको वडाध्यक्ष बस्नेतले जानकारी दिए । राहात सामाग्री एकद्धार प्रणालीबाट सोही वडामा बितरण गर्ने गरि प्रदान गरिएको नगर प्रमुख थेबेले बताए ।