ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति लागेको आगो नियन्त्रणमा आएको छ । शुक्रबार राति १० बजेपछि फुङ्लिङ बजारस्थित ट्याक्सी काउन्टर लाइन क्षेत्रमा लागेको आगो करिव ३ घण्टापछि नियन्त्रणमा आएको हो । आगलागीबाट कम्तीमा ८ घर जलेर नष्ट भएका छन् । राति मानिस सुतिसकेको समयमा आगलागी भएपछि घरमा रहेका ग्यास सिलिण्डर विस्फोट भएरपछि स्थानिय आतंकित बनेका थिए ।
आगो नियन्त्रणका लागि स्थानीयबासी, फुङलिङ नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो ।मध्यराति भएको आगालागी नियन्त्रणमा लिन समस्या भएको छ। ताप्लेजुङ सदरमुकाममा रहेको एउटा मात्रै दमकलले आगो निभाउन कठिन भएको छ। आगो नियन्त्रणका लागि पाँचथर सदरमुकाम फिदिमबाट पनि दमकल बोलाइएको छ। आगो राति १२ बजेपछि मात्रै केही मत्थर भएको थियाे। फुङलिङ बजारमा पटक पटक आगलागी हुने गरेको छ।
https://www.facebook.com/109281440589897/videos/347625166196421/