फिक्कल । कोरोना विरुद्ध भिड्नका लागि सूर्योदय नगरपालिकाले बनाएको विपद व्यवस्थापन कोषमा ३३ लाख रुपैया भन्दा बढि जम्मा भएको छ । नगर कार्यपालिकाका पदाधिकारी र नगर सभा सदस्यहरुको एक महिनाको पारिश्रमिक , प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदे सरकार सामाजिक विकास मन्त्रालयको सहयोग र अन्य दाताहरुबाट प्राप्त रकम गरी नगरको कोषमा हालसम्म ३३ लाख ६३ हजार ८ सय ५० रुपैया जम्मा भएको छ । नगरको कोषमा बिहिबार मात्रै बुद्ध माध्यमिक विद्यालयका शिक्षक र कर्मचारीले १२ हजार रुपैया जम्मा गरेका छन् ।
जम्मा भएको रकमबाट विपन्न तथा मजदुरहरुलाई लकडाउनको समयमा हुन सक्ने सम्भावित समस्या समाधानका लागि खर्च गरिनेछ । नगरलाई सहयोग प्राप्त हुने क्रम रहेको नगर प्रमुख रणबहादुर राईले बताए । नगरले सहयोग गर्न चाहनेहरुले राष्ट्रिय बाणिज्य बैंक स्थित ‘सूर्योदय नगरपालिका (विपद व्यवस्थापन कोष) को खाता नं २१०००३०७०२०००२ मा नगद जम्मा गर्न सक्ने जनाएको छ ।
क–कसले गरे कति सहयोग
