मंगलबारे । इलामको देउमाई नगरपालिकामा थप गरिएको क्वारेन्टाइनको आज अनुगमन गरिएको छ । लकडाउनको अवधि थपिएसँगै जिल्ला विपद व्यवस्थापन केन्द्रले १० वटै स्थानिय तहमा क्वारेन्टाइन बेड थप्नका लागि अनुरोध गर्ने निर्णय गरेको थियो । सोही अनुरुप देउमाई नगरपालिकाका लागि ५० बेड थपिएको हो । आज जिल्ला समन्वय समिति प्रमुख गणेश बराल , प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई, नगर प्रमुख सुर्य प्रसाद पोख्रेल , उपप्रमुख पविमाया राई, प्रहरी उपरिक्षक हिरा बहादुर पाण्डे ,प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद दाहाल सहितको टोलिले भानु भक्त माविमा रहेको क्वारेन्टाइन अनुगमन गरेका हुन् ।

अनुमगन गर्दै टोलीका सदस्यले अन्य क्षेत्रको भन्दा क्वारेन्टाइन व्यवस्थित रहेको बताएका थिए । साथै निर्माणधिन ईलाका प्रहरी कार्यालय मंगलबारे को भवन समयमा नै निर्माण कार्य सम्पन्न गर्न आवश्यक सहयोग तथा पहल गर्ने निणर्य समेत गरेको छ। हाल देउमाईको क्वारेन्टाइनमा २५ जनालाई राखिएको नगरपालिकाका सुचना अधिकारी गोपाल बाँस्तोलाले जानकारी दिए । भानु भक्त मावि मा रहेको क्वारेन्टाइनमा १९ जना पुरूष र २ जना महिला तथा वडा न ८ को जनता आधारभुत विद्यालयमा मा ४ जना पुरूष राखिएको छ ।
