Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

नेकपा सूर्योदय नगर कमिटिले गर्याे विपद व्यवस्थापन कोषमा २ लाख बढि सहयोग

नेकपा सूर्योदय नगर कमिटिले गर्याे विपद व्यवस्थापन कोषमा २ लाख बढि सहयोग

  • सन्देश सम्वाददाता
  • मंगलबार, बैशाख १६ २०७७


नेकपा सूर्योदय नगर कमिटिले गर्याे विपद व्यवस्थापन कोषमा २ लाख बढि सहयोग

फिक्कल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सूर्योदय नगर कमिटिले सूर्योदय नगरपालिकालाई विपद व्यवस्थापनका लागि २ लाख रुपैया भन्दा बढि सहयोग गरेको छ । कमिटिले कोरोनाबाट हुन सक्ने जोखिमबाट नगरबासीलाई बचाउनका लागि २ लाख १ हजार रुपैया प्रदान गरेको हो । पार्टीका नगर कमिटि अध्यक्ष सोनाम छिरिङ लामा र कार्यदल सदस्य नेत्र पोख्रेलले नगर प्रमुख रणबहादुर राईलाई चेक हस्तान्तरण गरे । हालसम्म नगरको कोषमा २० लाख रुपैया भन्दा बढि सहयोग जम्मा भएको छ ।


जम्मा भएको रकमबाट विपन्न तथा मजदुरहरुलाई लकडाउनको समयमा हुन सक्ने समस्या समाधानका लागि खर्च गरिने नर प्रमुख रणबहादुर राईले बताए । नगरलाई समाजसेवी तथा बैदेशिक रोजगारका रहेका नेपालीहरुबाट समेत सहयोग प्राप्त हुने क्रम रहेको राईले बताए । नगरले सहयोग गर्न चाहनेहरुले राष्ट्रिय बाणिज्य बैंक स्थित ‘सूर्योदय नगरपालिका ९विपद व्यवस्थापन कोष० को खाता नं २१००३०५००४९४०२ मा नगद जम्मा गर्न सक्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार