Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

दाहसंस्कार गर्दागर्दै चिता नै बाढीले बगाएपछि…..

दाहसंस्कार गर्दागर्दै चिता नै बाढीले बगाएपछि…..

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख १५ २०७७


दाहसंस्कार गर्दागर्दै चिता नै बाढीले बगाएपछि…..

फाकफोकथुम । इलामको फाकफोकथुम गाउँपालिकास्थित फाकफोक खोलामा दाहसंस्कार गर्दागर्दै आएको बाढीले चितासहित शव बगाएको छ । फाकफोकथुम–३ सल्लेरीका ४० वर्षीय रामबहादुर लकान्द्रीको दाहसंस्कारका लागि चितामा राखिएको शव बाढीले बगाएको हो । स्थानीय फाकफोक खोलामा शव जलाउन चितामा राखेर दागवत्ती दिनसाथ अचानक माथिबाट आएको बाढीले शव जल्न नपाइ बगाएको थियो। फाकफोक खोलाको शीर पाँचथरको घुर्बिसे पंचमी र आसपासमा भएको भीषण वर्षापछि आएको बाढीले शव बगाइएको गाउँपालिका उपाध्यक्ष सरस्वती राईले जानकारी दिइन् ।
शव जल्न नपाइ बाढीले बगाएपछि खोजतलास गरी पुन दाहासंस्कार गरिने भएको छ । ‘सव जल्न नपाइ बाढीले बगाएर लग्यो । आज त रात परिहाल्यो । भोलि प्रहरी प्रशासन र स्थानीयले शव खोजतलास गरी पुन दाहसंस्कार गर्ने सल्लाह भएको छ’ उपाध्यक्ष राईले भनिन् । लकान्द्रीको आइतबार दिउँसो करिब १२ बजे नजिकैको जंगलमा सुँगुरको चारो खोज्ने क्रममा ढुङ्गाबाट चिप्लिएर लड्दा मृत्यु भएको थियो ।
बाढीले एक बालक बगायो
यसैबिच सोही बाढीले बगाएर एक बालकको मृत्यू भएको छ । मृत्यू हुनेमा फाकफोकथुम गाउँपालिका वडा नम्बर ३ आमचोक रातमाटेका १३ वर्षीय मनिस थेगिम रहेको छन् । साथीहरुसँग पौडी खेलिरहेका थेगिमलाई अचानक माथिबाट आएको बाढीले बगाएरको थियो । बाढिले बगाएको थाहा पाएका सथीहरुले स्थानीयलाई खबर गरेपछि स्थानीय र प्रहरीले खोजतलास गरेको थियो । खोजतलासका क्रममा थेगिमको शव घटना भएको स्थानदेखि करिब ३ किलोमिटर तल मृत अवस्थामा फेला परेको थियो । उनको पोष्टमार्टमका लागि पाँचथरको रवि अस्पताल लगिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार