माई । इलामको माई नगरपालिकालाई नेकपा वडा कमिटी माई–८ र इसाई मण्डली समुह माई २ र ८ बाट शनिबार खाध्यान्न सहयोग गरिएकोे छ । माई नगरपालिकाको एकद्धार प्रणाली मार्फत नेकपा नगर कमिटी सचिवालय सदस्य सेतु तामाङ्ग र वडा कमिटी अध्यक्ष मदन लोक्तामद्धारा नगर प्रमुख दिपक कुमार थेबे मार्फत नगरलाई खाध्यान्न सहयोग गरिएको हो । नेकपा वडा कमिटी माई–८ का १६ जना पार्टी सदस्यहरुले नगद ३३ हजार १ सय ७८ रुपैया बराबरको ७ सय २५ केजी सोना मन्सुली चामल नगरलाई प्रदान गरेका हुन ।
त्यस्तै माई–८ का छ वटा इसाई मण्डली समुहहरुले संकलन गरेको ७२ हजार ८ सय ४० रुपैया बराबरको १ हजार ५ सय ५० केजी चामल समेत एकद्धार प्रणाली मार्फत बिपत कोषमा प्रदान गरिएको छ । स्थानीय मदन लोक्तामको अगुवाईमा इसाई मण्डलीका पास्टर डिकबहादुर राई र डिकबहादुर मगरले मेयर दिपक कुमार थेबेलाई प्रदान गरेका हुन् । त्यसै गरि साहारा कृष्टीयन मण्डली माई–२ ले नगरलाई ६ क्वीटल चामल राहात कोषमा जम्मा गरेको छ । पास्टर शेरबहादुर राईले मण्डली मार्फत नगर प्रमुख थेबेलाई सोना मन्सुली चामल हस्तान्तरण गरेका हुन् ।

नगर मार्फत जिन्सी तथा नगद सहयोग गर्न चाहाने इच्छुक ब्याक्ति, संघ–संस्था, उद्योगी, ब्यापारी एवम् सरोकारवाललाई एकद्धार प्रणाली मार्फत राहात प्रदान गर्न अनुरोध गरेपछी जिन्सी र नगद सहयोग बिभिन्न संघ संस्था तथा समुहले प्रदान गर्दै आएको छ । बिश्वब्यापी महममारीका रुपमा फैलिएको कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि लकडाउन भएपछी बिपन्न नगरबासीलाई खाध्यन्न समस्या भएको भन्दै केही राहात प्रदान गर्न खाध्यान्न संकलन र सहयोग गरिएको नगर प्रमुख थेबेले जानकारी दिए । नगरमा प्राप्त राहातलाई वडा वडामा बिपन्न पहिचान गरि बितरण गर्न थालिएको बताईएको छ ।
क्जबचभ तजष्कस्