Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

इलामको रोङ गाउँपालिकाले अलपत्र नागरिक आफै गाउँ ल्याउने

इलामको रोङ गाउँपालिकाले अलपत्र नागरिक आफै गाउँ ल्याउने

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख १२ २०७७


इलामको रोङ गाउँपालिकाले अलपत्र नागरिक आफै गाउँ ल्याउने

इलाम । इलामको रोङ गाउँपालिकाले लकडाउनका कारण स्वदेश तथा बिदेशमा अलपत्र परेका रोङबासीहरुलाई उद्धार गरेर ल्याउने भएको छ । लकडाउनको समयावधि लम्बिदै जादा स्वदेश तथा बिदेशमा रहेका गाउँपालिका भित्रका नागरिकको गाउँपालिकाले उद्धार गरी  ल्याउनका लागि पहल थालेको हो । नेपाल, भारत तथा तेश्रो मुलुकमा काम तथा अध्ययनको सिलसिलामा पुगेर गाउँ फर्कन नपाएका रोङबासीको उद्धारका लागि गाउँपालिकाले संघीय र प्रदेश सरकारसँग संमन्वय गरी आवश्यक प्रक्रिया पुरा गरेर नागरिकलाई गाउँ फिर्ता गरिने अध्यक्ष शम्सेर राईले बताए ।
राईका अनुसार नेपाल र छिमेकी देश भारतमा रहेका अधिकांश स्थानीयले एक छाक खानालाई तीन छाक बनाएर खादा पनि बाच्ने अवस्था नभएको भन्दै रुदै फोन आउन थालेपछि उनीहरुलाई ल्याउने प्रक्रिया शुरु गरिएको हाे । गाउँ कार्यपालिकाले निर्णय नै गरेर अलपत्र परेका आफना नागरिक ल्याउने प्रक्रिया थालेको हो ।
अध्यक्ष राईले भने ‘भन्ने बेलामा नजिकको सरकार भन्ने आफना नागरिक खान नपाई बस्दा हामी टुलुटुलु हेरेर बस्न सक्दैनौ ।’ गाउँपालिकाले यसरी बिभिन्न स्थानमा रहेका नागरिकलाई शर्सत गाउँ भित्र्याउने जनाएको छ । बाहिरबाट ल्याईएका मानिसलाई क्वारेन्टाईनमै राखेर परीक्षण उपचार गर्ने गरी गाउँपालिकाले योजना बनाएको छ । गाउँपालिकाले जतिसक्दो चाडो प्रदेश र संघीय सरकार संग समन्वय गरी आफना नागरिक ल्याउन थाल्ने छ । ‘रोग लागेकै किन नहोस हाम्रा नागरिक हामी ल्याउछौ, यहि ल्याएर सुरक्षीत राख्छौ’ राईले भने ।
यसरी ल्याईएका मानिसले सरकारले तोकेको मापदण्ड अनुसारको क्वारेनटाईनमा अनिवार्य बसी तोकिएको नियम पालना गर्नु पर्ने छ । गाउँपालिकाले बिभिन्न स्थलहरुको छनौट गरि क्वारेनटाईन केन्द्र निमार्ण गरिसकेको छ । गाउँपालिकामा यस अघि ७० बेडको क्वारेनटाईन निर्माण गरिएकोमा अव तत्काल दुई सय बेडको क्वारेन्टाईन निर्माण गरिने छ । बिद्यालय र बिभिन्न सामुदायिक भवनमा क्वारेन्टाईन निर्माण गरिने छ ।
गाउँपालिकाबाट बिदेश गएका र देश भित्र अध्ययन र कामका लागि गएकाहरुको वडाले लगत संकलन गरिरहेको गाउँपालिका उपाध्यक्ष चन्द्रकला राईले जानकारी दिइन् । गाउँपालिकाले अतिबिपन्न ४ सय ७३ परिवारलाई पहिलो चरणमा खाद्यान्न बितरण गरिसकेपछि समस्यामा परेकाको उद्दारमा लागेको छ ।
स्वास्थ्य शाखा प्रमुख नेत्र पोखरेलका अनुसार रोङगाउँपालिकाका स्वदेश र बिदेशमा रहेका नागरिक र उनीहरुको अवस्था बुझन परिवारसँग बिबरण लिएर गाउँपालिकाले नै सम्पर्क गरि उद्धारको आवश्यक प्रकृया थालिने छ । गाउँपालिकाले कम्तीमा २ महिनाको सामाजिक सुरक्षा भत्ता सेवाग्राहीको हात हातमै पुर्‍याउने तयारी समेत थालेको गाउँपालिका प्रवक्ता मनिकुमार स्याङबोले जानकारी दिए

प्रतिक्रिया
सम्बन्धित समाचार