Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिका आइपुगेका ३० जनाको लकडाउन र यात्राको भोगाई

माई नगरपालिका आइपुगेका ३० जनाको लकडाउन र यात्राको भोगाई

  • सन्देश सम्वाददाता
  • बिहिबार, बैशाख ११ २०७७


माई नगरपालिका आइपुगेका ३० जनाको लकडाउन र यात्राको भोगाई

माई । कोरोना भाईरस संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण मजदुर र श्रमिक बढी मारमा परेका छन । हामी सबैका लागि गरिएको लकडाउन भएता पनि मजदुर र श्रमिकलाई भने सास्ती भएको छ । उनीहरु आफ्नो घर सम्म आउन नपाउँदा बाटोमा सास्ती र कष्टकर जीवन बिताउदै गन्तब्य तर्फ आउन बाध्य छन । खानाको उचित प्रबन्ध नहुदा भोक भोकै बस्नु पर्ने बाध्यता छ । यसै बिच श्रमका लागि काभ्रेपलाञ्चोक गएका व्यक्तिहरु बाटो यात्राको अनुभव प्रस्तुत गरिएको छ ।
गत फाल्गुण २९ गते कामका लागि टिभिटी कम्पनी अन्र्तगत नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय योजनाको काममा काभ्रेपलाञ्चोक स्थित खानीगाँउ वडा नम्बर–१ दयाँगाँउ गएका थियौ । काममा गएको दुई हप्ता नबित्दै लकडाउन भएकाले काम बिहिन भएर बस्यौ माई–८ का प्रेम कुमार तामाङ्गले बताए । काम बिहिन भएपछी भोक भोकै कति रात बितायौ, कम्पनीले पनि १२–१५ दिनको श्रमको पैसा दिएको छैन उनी बताँउछन । काम बिहिन भएपछी हिडेरै भए पनि घर जाने निधो हामीले गर्यो र १२ घण्टाको पैदलयात्रा तय गरी नेपाल बजार आई पुग्यौ । काभ्रेपलाञ्चोकको नेपाल बजारबाट प्रहरीले ब्यापारीको सामान बोक्ने गाडीमा लगाईदिएको र सो गाडीमा सिराहा र सप्तरीको सिमानामा आधा रातमा छोडेको सुनाउछन उनी । करिब ४ घण्टाको पैदलयात्रा पछी कोशी ब्यारेजमा आई पुग्दा उज्यालो भएको थियो अर्का कामदार निमा लामा बताँउछन ।
उज्यालो भएपछी ठुलो हावापानी आयो हामी ब्यारेजको दक्षिण पट्टिको मन्दिरमा आडभरोसा लियौ उनले दुःख सुनाए । केही समयमा प्रहरीहरु आएर हामीलाई सोधखोज गरियो हामीले यसरी दुःख पाएको, भोकै भएको सबै बृतान्त सुनायौ । प्रहरीले चिउरा पानीको प्रबन्ध गरिदियो । हामीले माई–८ का वडाध्यक्ष भक्तबहादुर आङ्गदम्बेलाई फोन गर्यौ र केही गरेर सहयोग गर्न आग्रह गर्यौ लामा बताँउछन । वडाध्यक्षले मेयरलाई जानकारी गर्नुभएछ मेयरले सिडिओ, अनि इलाम र सुनसरीको सिडिओ संगको समन्यमा प्रहरीले हामीलाई सडक बिभागको टिफरमा हालेर झापाको दुर्गापुर सम्म ल्याएको बताँउछन ।
अपरान्ह ५ बजे स्वास्थ्य परिक्षण गर्दै सुरक्षित ढंगले बसमा राखेर माई नगरपालिका ल्याएको थियो । माईको क्वारेन्टाईनमा सबैको आरडिटी परिक्षण जिल्ला अस्पताल इलामका ल्याव टेक्निसियन युवनाथ बरालले गरेका थिए । राती ९ बजे माई नगरपालिकाको ब्यबस्थापन गरी खुवाएको दाल भात र तरकारीले दुई दिनको भोको पेट भरिएको तामाङको भनाई छ ।
‘जीवनमा सारै नबिर्सने यो क्षणमा माई नगरपालिका, नेपाल प्रहरी र शसस्त्र प्रहरी प्रति हाम्रो तर्फबाट धन्यबाद छ’ उनीहरुले भनेका छन  “अव होम क्वारेन्टाईनमा रहने गरि बस्ने छौ । श्रम पनि आफ्नै गाँउमा गर्नेछौ ” । यता इलाम र सन्दकपुरका २ जनालाई भने माईको क्वारेन्टाईनमा राखी परिबारलाई जिम्मा लगाईने स्वास्थ्य संयोजक पुष्कर कट्टेलले बताए । फास्ट अनलाइनबाट

प्रतिक्रिया
सम्बन्धित समाचार