Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

लकडाउनका बेला जनताको चुलो निभ्न दिएका छैनौ : सन्दकपुर गाउँपालिका अध्यक्ष उदय बहादुर राई (अडियो/ भिडियो अन्तरवार्ता सहित)

लकडाउनका बेला जनताको चुलो निभ्न दिएका छैनौ : सन्दकपुर गाउँपालिका अध्यक्ष उदय बहादुर राई (अडियो/ भिडियो अन्तरवार्ता सहित)

  • सन्देश सम्वाददाता
  • बिहिबार, बैशाख ११ २०७७


लकडाउनका बेला जनताको चुलो निभ्न दिएका छैनौ : सन्दकपुर गाउँपालिका अध्यक्ष उदय बहादुर राई (अडियो/ भिडियो अन्तरवार्ता सहित)

इलामको उत्तरी गाउँपालिका सन्दकपुर प्रदेश एकको पर्यटकिय  क्षेत्र हो । विश्वको ३ देशका ६० बढि हिम चुचुरा हेर्न उत्तम गन्तव्य सन्दकपुर यतिबेला सुनसान छ । पर्यटकको आवागमन बढि हुने सिजनमा लकडाउनले सन्दकपुर थला परेको छ । पछिल्लो समय कोरोनाको इपिसेन्टर प्रदेश एक भएसँगै सन्दकपुरले लकडाउन कार्यान्वयमा कडाई गरेको छ । यदपी स्थानिय जनता जिवनलाई भने सहज बनाइरहेको छ । यसै सन्र्दभमा लोकल सन्देश अनलाइनका प्रधान सम्पादक सुजन तिमसिनाले सन्दकपुर गाउँपालिका अध्यक्ष उदय बहादुर राईसँग लकडाउन कार्यान्वय, जनतालाई राहत र पर्यटनको प्रभाव सम्वन्धमा गरेको कुराकानी

काेराेना भाइरससँग जुध्न सन्दकपुर गाउँपालिकाकाे तयारी कस्ताे छ ?

सन्दकपुर गाउँपालिका सुरुबाटै लकडाउन पुर्ण पालनाको सुचना जारी गरेका छौ । हप्ताको १ पटक सवै वडामा सुचना जारी गर्ने काम गरेका छौ । तयारीको लागि अहिले २५० बेडको क्वारेन्टाइन तयारी अवस्थामा राखेका छौ । यहाँ त्यस्तो समस्या छैन् । विदेशबाट आउने करिव १७ जना हुनुहुन्थ्यो उहाँहरु कसैलाई होम क्वारेन्टाइनमा राख्यौ । कसैलाई संस्थागत क्वारेन्टाइनमा राख्यौ । अवधी पुरा गरेपछि घरमा क्वारेन्टाइनमा हुनुहुन्छ । त्यसमा एक जना फ्रान्सेली नागरिक हुनुहुन्छ वडा नं ४ मा । भिसाको अवधी सकिएकाले थप गर्ने सिडिओसँग कुरा गरेका छौ । सायद थपिएको होला । हाम्रो गाउँपालिकामा कोरोना देखिएको छैन । एक जनामा आशंका गरिएको थियो वडा नं ३ हुतुलुङको स्वाव परिक्षणपछि स्वास्थ्य पाइएको छ यहाँ भएको जस्तो ज्वरो निको भएको तर पाइएन् । उहाँ अहिले पनि होम क्वारेन्टाइनमा हुनुहुन्छ ।
अहिले लकडाउन पालना कस्तो छ र लकडाउनलाई जनताले कसरी बुझेका छन् ?
अहिले हाम्रो गाउँपालिकामा लकडाउन एकदमै पालना भएको छ । हामीले एक ठाँउबाट अर्को ठाउँमा नजाने सल्लाह दिएका छौ । नयाँ मान्छे देखिए तुरुन्त सुचना गर्नुस भनेका छौ । कोही नयाँ देखे सुुचना गर्ने । एक वडाबाट अर्को वडा नयाँ मान्छे हिड्न पनि असहज नै छ । उहाँहरु पास लिएर हिडनुुहुन्छ । सिमा जोडिएको हुँदा सवै क्षेत्रका साथीहरु अलि बढि त्रसित छन् । सन्दपुर गाउँपालिकामा खास गरी सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङ लक गरिसकेपछि उभो आउने संभावना हुन्न् । खासै सिमा क्षेत्र भएपनि बाहिरबाट आउने मान्छेको समस्या छ्रैन । मान्छे हिडेर प्रयोग गर्ने भनेको कालपोखरी विखेभञ्ज्याङ देखी रिम्बिक लोधोमा झर्ने क्षेत्र, सोमबारे रिनोक क्षेत्रको बाटो प्रयोग गर्छन त्यो बाटो पनि लक भएको अवस्था छ ।
सिमाको सुरक्षा व्यवस्था चुस्त बनाउन जिल्ला प्रशासन कार्यालय, प्रहरी र तपाईहरुबिचको समन्वय कस्तो छ ?
एकदमै राम्रो समन्वय गरेका छौ । हाम्रो तर्फबाट हुन सक्ने मानविय सहयोग गछौ । हाम्रो नागरिक स्वयम सचेत भएकाले लकडाउन पुर्ण पालना गर्नेमा नागरिक सचेत छन् । सचेत नागरिकहरु भएकाले पनि लक भएको छ । त्यसै गरेर आफनो सम्पुर्ण गतिविधी गर्ने छुट दिएका छौ । सम्पुर्ण विकासका ठुला आयोजनाका काम भएका छन् । जनताको हातमुख जोर्ने सम्वन्धमा सुरुबाट खुकुलो गरेका छौ । तर बाहिरको मान्छे आउन पुर्ण प्रतिवन्ध छ ।
सिमा क्षेत्रमा सुरक्षाकमीहरु थपिएपछि कतिको सुरक्षित महसुस गर्नुभएको छ ?
विलकुल सुरक्षित महसुस गरेका छौ । यदाकदा जनताले नवुझदा स्वास्थ्य परिक्षणको लागि बाध्यता चाही दार्जिलिङमै उपचार गर्नुपर्ने रहेछ । उहाँकै डाक्टरलाई देखाउनुपर्ने उतैको अपोइन्मेन्ट लिएको छन् । अब तपाईहरु नेपालभित्र बसेकाले नेपालका डाक्टर र स्वास्थ्य संस्थालाई विश्वास गरौ । जसले सिंगो समाज सुरक्षित हुन्छ तपाई आफु पनि सुरक्षित बन्नुुहुन्छ देश पनि सुरक्षित रहन्छ । यहि बिचमा अनेक राहत वितरण गर्ने कुरा चर्चाको शिखरमा पुग्यो । हामीले राहत त्यस्तालाई दिनुपर्छ जसको साच्चै हातमुख जोर्न समस्या छ । राहत चाही राजनिति गर्ने राहत हैन । राज्यको प्रतिनिधि भएकाले राहत भनेको निरन्तर दिन सक्नुपर्छ । हाम्रो स्थिति हेरेर राहतको कार्यक्रम अगाडी सा¥यौ ।
त्यस सन्र्दभमा वडा नं २ मा ३ जना, वडा नं १ परिवार, वडा नं ४ मा २ परिवारलाई सुरुबाट दिएका छौ । चैत्र ११ गतेको मन्त्री परिषदको बैठकको निर्देशिकालाई हेर्ने हो भने हातमुख जोर्न समस्या भएका नागरिकहरुलाई राज्यले खाध्य सम्प्रुभताको अधिकारबाट बञ्चित गर्नुहुँदैन् । राज्यको मापदण्ड अनुसार हात मुख जोर्न समस्या भएकालाई राहत वितरण गरेका छौ । राहत वितरणमा हामीले पोको पन्तुरो बोकेर गएका छैनौ । उहाँहरुको पायक पर्ने पसलबाट आवश्यक खाध्यसामाग्रीको लागि परिवार संख्या हेरेर खाध्य सामाग्री राज्यको मापदण्ड भन्दा माथी गएर गएका छ्रैनौ । पोको पन्तुरो बोकेर फोटो खिच्दैमा राहत हुन्छ भन्ने लाग्दैन् ।

https://www.facebook.com/149097382298489/videos/830922647399551/

पसल पसलबाट राहत दिने गरिएको छ त्यसमा जनताको बुझाई के छ ?
यसमा जनताको बुझाई अलग अलग हूँदै रहेछ । यो हामीले दिएको अनुदान धनाढयको लागि मात्र भयो त्यो भन्दा तल्लो वर्गको लागि भएन भन्ने छ । त्यो स्वभाविक पनि हो । काम गरिरहँदा राम्रो नियतले काम गरेको भएपनि खोट लाग्ने गर्छ । त्यो लागेको छ हामीलाई । तर हाम्रो उद्धेश्य को हो भने सबै जनता हिजो गाउँपालिकाका जनताको अवस्था जस्तो थियो त्यसमा अलिकति पनि तलमाथी भएको छैन । स्वभाविक रुपमा के भएको छ भने उहाँहरु घरबाट निस्कन पाउनुभएको छैन् । बाँकी सन्र्दभा दिन दैनिक गतिविधीमा गिरावट आएको छ्रैन् ।
हिजो चिया किसानहरुले चियाको मुना टिपेर घर व्यवहार चलाउनु हुन्थ्यो आज पनि चिया टिपेकै अवस्था छ । आजकै मितिमा पनि टिपेकै छ । दुध बेच्ने किसानले दुध बेचेकै छन् । भलै त्यसको मुल्य विगतमा जस्तो नहोला । संकटको बेला मुल्यमा तलमाथी भएको होला किनेर खाने बस्तुको मुल्य आकाशिएको छ । र उहाँहरुले उत्पादन गरेको कच्चा पर्दाथ निश्चित रुपमा कम छ यसमा चाही समस्या छ ।
गतिविधी सामान्य छ भनेर मुल्य अनुदान दिनुभएको हो ?
हो । अहिले महंगी छ । त्यसलाई मेन्टेन गरोस हिजोकै परिस्थितीमा जस्तै खरिद गरेर खान पाउन । बजारमा हामीले कुनै पनि हालतमा सहज गर्ने सन्र्दभमा लागेका छौ । हामी आफैले पनि मदन श्रेष्ठको श्रेष्ठ पसल देउरालीसँग हामी आफैले पनि खाध्यान्न भण्डार गर्ने बिचार ग¥यौ । झापाको मिलसँग कुरा पनि ग¥यौ तर ग्रिन सिग्नल पाएनौ । उनिहरुले नियमित ग्राहक छाडेर दिन सक्दैनौ भनेपछि हामीले सन्दकपुरको गाउँपालिकाको आधा भुभागलाई खाध्य आपुर्ति गर्ने मदन श्रेष्ठसँग ६ महिनासम्म खाध्य आपुर्ति गर्ने सक्ने नसक्ने बारेमा कुराकानी ग¥यौ । उहाँबाट सक्ने बचन आएपछि हामीले सम्झौता ग¥यौ । सम्झौतामा केही रकम रकम १० लाख रुपैया डिपोजिट ग¥यौ । त्यो पछि फेरी हाम्रो सञ्चित खातामा पनि आउँछ । त्यो पैसा लकडाउनपछि फिर्ता हुनेछ । हामी नागरिकलाई दिने अनुदान प्रत्येक पसलबाट कुन परिवारले कति सामाग्री लिए त्यो हाम्रो लेखा प्रणाली हुनेछ ।
परिवारको संख्या टिपेर खाध्य आपुर्ति हुनेछ । हामीले दिएको चामलमा २ रुपैया, तेलमा १० रुपैया, नुनमा ५ रुपैया, चिनीमा ५ रुपैया र दालमा १० रुपैया प्रतिकेजी दिइन्छ । यसरी त्यो परिवारलाई कतिले धान्छ हामीले अध्ययन गर्न सक्छौ । त्यसैगरी हामीले उहाँहरुलाई अनुदान दिने गरेका छौ । आम १६ हजार बढि नागरिकलाई अनुदान प्रदान गरेका छौ । त्यो अनुदान सवैले लिनुभएकोछ । धनी गरिव र अति विपन्नलाई समान भयो भन्ने प्रश्न छ । अति गरिव विपन्नलाई त्यसको अलावा चैत्र ११ गतेबाट खाध्यान्न अधिकारबाट बञ्चित गरेका छैनौ । एक पटक दिने राहत राजनिति होला तर हामीले राजनिति हैन जनताको खाध्यान्नको अधिकारबाट बञ्चित गर्नुहुँदैन भन्ने संविधानले ग्यारेन्टी गरेको कुरा छ त्यसलाई हामीले ध्यान दिएका छौ ।
स्वास्थ्यको कुरा पनि आउँछ यो कोभिड–१९ मा । स्वास्थ्यको सामाग्री कस्तो र स्वास्थ्यकर्मीहरु परिचालन कसरी भएको छ ?
सुरुमा स्वास्थ्य सामाग्रीका अभाव थियो । एकदमै त्रसित अवस्थामा पिपिई र थर्मल गन कहि पाएनौ । पछि दाताहरु आउनुभएको छ । नेकपा सन्दकपुर गाउँ पार्टी र युवा संघले ३० थान पिपिई र १२ हजार थान मास्क उपलव्ध गराउनुभएको छ । फेरी थर्मल गन पनि आउँदै । र पिपिई पनि आउँदै छ । बाँकी अरु सन्र्दभमा हाम्रो सन्दकपुरको नागरिकलाई ६ महिनासम्म पुग्ने औषधी अहिले पनि भण्डारमा छ । सम्पुर्ण स्वास्थ्यचौकीहरुमा छ । सम्पुर्ण स्वास्थ्यचौकीलाई मास्क र पिपिईको व्यवस्था भएको छ । अब थर्मल गनको समस्या छ त्यो पनि हामीलाई प्राप्त हुने जानकारी आएको छ । माइपोखरी स्वास्थ्य चौकी र सुलुवुङ स्वास्थ्यचौकीलाई युवाहरुले ३÷३ थान पिपिई दिनुभएको रहेछ ।
त्यो स्वास्थ्यकर्मीबाट जानकारी आएपछि धन्यावदको पात्र त हुनुहुन्छ तर कुन संस्थाबाट प्राप्त भयो भन्ने चाही जानकारी छैन् । कम्तीमा गाउँपालिकालाई समेत जानकारी भएको भए सुनमा सुगन्ध हुने थियो । कुनै पनि संस्थाबाट सहयोग आउँदा हामीलाई आधिकारिक जानकारी आए प्रशंसापत्र दिन पनि सहज हुन्थ्यो ।
विकासका आयोजना र कृषि कर्म गर्ने पनि समय छ यो बेलमा गाउँपालिकाले कस्तो निति लिएको छ ?
हाम्रोमा खास गरी २÷३ वटा योजना संघिय सरकारले निर्माण गरिरहेको सन्दकपुर गाउँपालिका–२ मा रहेको २ वटा पुलमा काम भएको छैन् । त्यो खास गरी निर्माण व्यवसायीको कारण सुरु भएको छैन् । चालु आर्थि बर्ष सुरु हुनुभन्दा पहिला भन्यौ आगामी आर्थिक बर्षका निर्माण सम्पन्न गरेर तर्ने वातावरण बनाउन आग्रह ग¥यौ तर अहिलेसम्म उहाँहरुले टेर्नुभएको छैन् । प्रदेश सरकार मातहतको जमुना पुलको काम भइरहेको थियो लकडाउनका कारण काम बन्द भयो । काम सुरु गर्न आग्रह गरिएको छ चाडै काम सुरु गर्नुहुन्छ । प्रदेश सरकार मातहतको बिव्ल्याटे सुम्बेक सुलुवुङ माबु हुँदै सन्दकपुर जोड्ने बाटो अब सुरु गरिसकेको अवस्था छ । विव्ल्याटे देखी माथी माइपोखरी मुनिको सडक खण्डको काम सुरु गर्ने अवस्थामा छ ।
गाउँपालिकाको योजना, प्रदेश सरकार र संघिय सरकारको योजना एकै दिन पनि रोकेनौ । उहाँहरुले गरिरहनुभएको छ । सम्झौता हुन बाँकी योजना रोक्न निर्देशन आएको थियो त्यसलाई हामीले पालना गरेका छौ । त्यस बाहेकका योजनाहरु सम्पन्नको चरणमा छन् । कृषिको हकमा आफनो खेतबारीमा काम गर्नबाट बञ्चित गराएका छैनौ । अलिबेसी तिर धानको विउ राख्ने चटारो छ । लेकाली भेगमा आलु गोड्ने मकैको झार झिक्ने, चिया टिप्ने दैनिक कार्यमा लकडाउन सुरु हुनुभन्दा अगाडी जस्तो थियो अहिले पनि काम भइरहेको छ । भिडभाड नगरीकन् अत्यन्त सुरक्षित हिसाबले उहाँहरु कृषि कर्ममा उहाँहरु लाग्नुभएको छ । यति बेला माना खाएर मुरी उव्जाउने समय भनेर लाग्नुभएको छ ।
कृषिको अलावा पर्यटन आयश्रोत पनि हो । भ्रमण बर्ष कोरोना कारण रोकिएको छ । लकडाउनपछि पुन : पर्यटनलाई सुचारु गर्न गाउँपालिकाले के गर्न सक्छ ?
यो हाम्रो काबु बाहिरको परिस्थिती हो । हाम्रो राष्ट्रले कोरोनापछि प्राप्त हुने आम्दानी १ खर्व ६० अर्ब नोक्सानी व्यहोरेको छ । त्यसबाट सन्दकपुर गाउँपालिका अछुतो रहन सक्दैन् । यहाँ पर्यटनको कार्य पुर्ण ठप्प छ । सन्दकपुरमा यति बेला मानिसहरु गुरासको फुलसँग रमाइरहने अवस्थामा, पहाडको चुचुरोसँग रमाइरहेको अवस्था हुनुपर्नेमा चौरी गाईसँग रमाइरहने अवस्था हुनुपर्नेमा आज कोरोनाका कारण जुन हिसाबले पर्यटनमा लागेको धक्का छ त्यसको खाडल पुरिन निक्कै समय लाग्छ । हामी उठ्नलाई निक्कै गाह्रो छ । त्यसले गर्दा पर्यटनको गतिविधि जुन शुन्य अवस्थामा आइपुगेको छ । त्यसमा हामीले सोच्नै पर्ने अवस्था आएको छ । पुरानो अवस्थामा ल्याउन निश्चित रुपमा केही कठिन यात्रा गर्नुपर्ने अवस्था छ । त्यसले गर्दा हाम्रो सिंगो राष्ट्रलाई घाटा भएको छ त्यसमा इलाम जिल्लामा सवैभन्दा बढि घाटा भएको स्थानिय तह हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार