इलाम । काभ्रेपलान्चोकमा रोजगारी गरेका ३४ जना इलाम आइपुगेका छन् काभ्रेपलान्चोक जिल्ला खानीखोला वडा नम्बर १ दयागाँउमा बिधुत आयोजनाको काम गर्न गएका उनीहरु इलाम आइपुगेका हुन् । इलामको माई नगरपालिका आइपुगेका उनीहरुलाई माई नगरपालिकाको क्वारेन्टाइनमा राखेर आर डि टी टेष्ट गरि घर पुर्याइएको छ । आउनेहरुमा माई नगरपालिका – ८ का २८ जना, इलाम नगरपालिका १ नेपालटारका एक जना र सन्दकपुर गाँउपालिका–५ जमुनाका एक जना रहेका छन् ।
उनीहरुलाई माई नगरपालिका, लोदिया प्रहरी चौकी र शसस्त्र प्रहरी वेस क्याम्प दानाबारीको समन्वयमा उद्वार गरि माई नगरपालिकामा क्वारेनटाइनमा ल्याइएको स्वास्थ्य शाखाका पुस्कर कट्टेलले बताए । आउने मध्ये सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका एक÷एक जनालाई माई नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ ।
उनिहरुको अहिले स्वास्थ्य परिक्षण गर्दा कसैमा कोरोना पोजेटिभ देखिएन । छ । पैदल हिडेका उनीहरुलाई कोशी ब्यारेजमा प्रहरीले नियन्त्रणमा लिएको र त्यसपछि समन्वय गरि झापा दुर्गापुरसम्म ल्याइएको थियो । दुर्गापुरबाट माई नगरपालिकाले बसको व्यवस्था गरेको थियो ।