Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरको विपद व्यवस्थापन कोषमा १८ लाख भन्दा बढि जम्मा

सूर्योदय नगरको विपद व्यवस्थापन कोषमा १८ लाख भन्दा बढि जम्मा

  • लोकल सन्देश
  • मंगलबार, बैशाख ९ २०७७


सूर्योदय नगरको विपद व्यवस्थापन कोषमा १८ लाख भन्दा बढि जम्मा

फिक्कल । कोरोना विरुद्ध भिड्नका लागि सूर्योदय नगरपालिकाले बनाएको विपद व्यवस्थापन कोषमा १८ लाख रुपैया भन्दा बढि जम्मा भएको छ । नगर कार्यपालिकाका पदाधिकारी र नगर सभा सदस्यहरुको एक महिनाको पारिश्रमिक, सामाजिक विकास मन्त्रालयको सहयोग र अन्य दाताहरुबाट प्राप्त रकम गरी नगरको कोषमा हालसम्म १८ लाख ७६ हजार ८ सय  ५० रुपैया जम्मा भएको छ । नगरको कोषमा आज मात्रै वडा नं ४ को सल्लेरी टोल बिकास संस्थाबाट १४ हजार ५ सय ५० रुपैया प्राप्त भएको थियो । जम्मा भएको रकमबाट विपन्न तथा मजदुरहरुलाई लकडाउनको समयमा हुन सक्ने समस्या समाधानका लागि खर्च गरिनेछ ।
नगरलाई समाजसेवी तथा बैदेशिक रोजगारका रहेका नेपालीहरुबाट समेत सहयोग प्राप्त हुने क्रम रहेको नगर प्रमुख रणबहादुर राईले बताए । नगरले सहयोग गर्न चाहनेहरुले राष्ट्रिय बाणिज्य बैंक स्थित ‘सूर्योदय नगरपालिका (विपद व्यवस्थापन कोष)  को खाता नं २१००३०५००४९४०२ मा नगद जम्मा गर्न सक्ने जनाएको छ ।

क-कसले गरे कति सहयाेग

प्रतिक्रिया
सम्बन्धित समाचार