Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

चुलाचुली गाउँपालिकामा दोस्रो चरणमा ७ सय ५४ विपन्न परिवारलाई खाध्यान्न राहत

चुलाचुली गाउँपालिकामा दोस्रो चरणमा ७ सय ५४ विपन्न परिवारलाई खाध्यान्न राहत

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख ५ २०७७


चुलाचुली गाउँपालिकामा दोस्रो चरणमा ७ सय ५४ विपन्न परिवारलाई खाध्यान्न राहत

चुलाचुली । महामारीको रुपमा फैलिरहेको कारोना भाइरस (कोभिड १९ ) को संम्भावित संक्रमणलाई रोक्न सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई चुलाचुली गाउँपालिकाले दोश्रो चरणको राहत वितरण गरेको छ । गाउँपालिकामा रहेका जम्मा ७ सय ५४ विपन्न परिवारलाई दोश्रो चरणमा खाध्यान्न राहत वितरण गरिएको चुलाचुली गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत काजिमान राईले बताए ।
वन, वातावरण तथा विपद् व्यवस्थापन समिती चुलाचुलीका संयोजक तथा वडा नं १ का अध्यक्ष पुर्ण लावतीका अनुसार गाउँपालिकाले पहिलो चरणमा जम्मा ७ सय ८५ विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेको थियो । दैनिक ज्यालामजदुरी गरेर गुजारा चलाउने पालिकाका विपन्न नागरिकहरुको पहिचान गरी राहत वितरण गरिरहेको उनले बताए ।
गाउँपालिका राहत वितरण समितिका सदस्य सचिव तथा स्वास्थ्य शाखा प्रमुख दुस्यान्त दाहालका अनुसार दोस्रो चरणको राहत वितरणको कार्य विहिबार सम्पन्न गरिएको छ । उनका अनुसार चुलाचुलीका ६ वटै वडामा वडाध्यक्षहरुको रोहबरमा एकै दिनमा राहत वितरण गरिएको हो । छुटेका केही विपन्नहरुलाई पनि राहत उपलब्ध गराउन सकिने उनले बताए । चुलाचुली गाउँपालिकामा जम्मा ४ हजार ५ सय घरधुरी संख्या रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार