सन्दकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा निकट भातृ संगठन राष्ट्रिय युवा संघले १२ हजार थान माक्स र ३० थान व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) सहयोग गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणको सहयोगार्थ युवा संघको गाउँपालिका कमिटिले सहयोग प्रदान गरेको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । गाउँपालिका अध्यक्ष उदय बहादुर राई र उपाध्यक्ष शोभा पराजुलीले सहयोग सामाग्री ग्रहण गरे । प्राप्त सामाग्री गाउँपालिकाका ५ वटै वडामा वितरण गरिने प्रमुख प्रशासकिय अधिकृत राईले बताए । नेकपाले ७ हजार माक्स र ३० थान पिपिई तथा युवा संघले ५ हजार थान मास्क दिएको राईले बताए ।
यसअघि लकडाउन अवधिभर दैनिक उपभोग्य बस्तु अभाव हुन नदिन सन्दकपुर गाउँपालिकाले उपभोक्तालाई अनुदान दिने निर्णय गरेको थियो । सबै वडामा रहेका उपभोग्य सामग्री बिक्रि गर्ने पसलबाट दैनिक उपभोग्य सामग्री खरिद गर्दा गाउँपालिकाले अनुदान दिँदै आएको छ ।